शुक्रबार, १६ चैत २०८०

यी हुन् ती महिला जसले आफ्ना तीन नाबालक सन्तानलाई मारिन्

समयपोष्ट २०७७ कार्तिक २ गते १६:५०

`

Advertisement

एक नेपाली महिलाले अस्ट्रियामा ८ महिनाका छोरासहित तीन सन्तानको हत्या गरेकी छिन् ।

अस्ट्रियाका सञ्चारमाध्यमका अनुसार अस्ट्रियाको भियना निवासी ती महिलाले शनिबार बिहान आफ्ना ८ महिने छोरा, ३ वर्ष र ९ वर्षका दुई छोरीको हत्या गरेकी हुन् ।

जेठी छोरीलाई प्रहरीले जीवितै फेला पारेर अस्पताल लगेको भए पनि उनको मृत्यु भइसकेको बताइएको छ । ती महिलालाई पक्राउ गरी घटनाबारे अनुसन्धान भइरहेको त्यहाँको प्रहरीले जनाएको छ । ती महिला गुल्मी स्थायी घर भई पछिल्लो समय बुटवल बस्ने गरेकी थिइन् । त्यसपछि उनी अस्ट्रिया गएकी थिइन् । उनका पति पनि भियनामै बस्छन् । तर केही समयता उनीहरू अलग अलग बस्दै आएको बताइएको छ ।

छोराछोरीको हत्या गरेपछि ती महिलाले आफैंले प्रहरीलाई खबर गरेकी थिइन् । हत्यापछि उनले आफूलाई पनि चक्कु प्रहार गरेकी थिइन् । तर तत्कालै प्रहरी पुगेको र उनको अवस्था गम्भीर नभएकाले नियन्त्रणमा लिएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री