बिहीबार, १५ चैत २०८०

भारतको कर्णाटक राज्यसरकारको सहयोगमा सिन्धुपाल्चोकका गुम्बा पुनः निर्माण हुने

समयपोष्ट २०७७ असोज ३० गते १२:०८

Advertisement

विसं २०७२ को महाभूकम्पले ध्वस्त बनाएको सिन्धुपाल्चोक जिल्लाका गुम्बा पुनःनिर्माण हुने भएको छ ।

पहिलो चरणमा पुरातात्विक महत्वका पाँच ऐतिहासिक गुम्बा निर्माणका लागि यही असोज २८ गते बोलपत्र आह्वान गरिएको छ । भारतको कर्णाटक राज्यसरकारले नेपालस्थित भारतीय दूतावासको सहयोगमा चिरीघ्याङ गुम्बा, तार्केघ्याङ गुम्बा, सुलीकोटघ्याङ गुम्बा मेलम्ची, सेर्माथाङघ्याङ गुम्बा र मेलम्चीघ्याङ गुम्बा निर्माण हुन लागेका हुन् ।

सांसद शेरबहादुर तामाङ, पूर्व अर्थ राज्यमन्त्री डा.ल्हार्क्याल लामा, वग्मती प्रदेश सांसद निमा लामाको पहलमा ती गुम्बा पुनःनिर्माणका हुन लागेको हो । विगत पाँच वर्षदेखी पहल हुँदै आएकामा बल्ल ती धरोहरहरुको पुनर्निर्माण हुन लागेकोमा आफूलाई खुशी लागेको सांसद तामाङले बताउनुभयो ।
पूर्व अर्थ राज्यमन्त्री लामाले ठूलो आर्थिक सहयोग गर्ने भारत सरकारप्रति आभार प्रकट गर्नुभयो । ऐतिहासिक गुम्बाहरूको पुनःनिर्माण हुने खबरले आफूहरु हर्षित भएको मेलम्ची घ्याङबासी र सुलिकोट घ्याङबासीले बताए यसैगरी नवलपुर गुम्बा र लिस्ती गुम्बा निर्माणका लागि पनि छिटै बेलपत्र आह्वान गरिने सांसद तामाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री