शुक्रबार, ७ वैशाख २०८१

अब थप सचेत बन्नुहोस्, कोरोनाभाइरस संक्रमणबारे फेला पर्यो नयाँ तथ्य

समयपोष्ट २०७७ असोज २९ गते १५:५३

Advertisement

कोरोनाभाइरस संक्रमणबारे अस्ट्रेलियाका वैज्ञानिकहरुले नयाँ तथ्य पत्ता लगाएका छन् ।

यसअघिको अनुसन्धानले नोट तथा ग्लासमा २ देखि ३ दिनसम्म मात्र भाइरस बाँच्न सक्ने भनिएपनि नयाँ अनुसन्धानले बैंक नोट, फोनको स्क्रिन तथा स्टेनलेस स्टिलमा २८ दिनसम्म भाइरस जीवित रहन सक्ने तथ्य फेला परेको हो ।

यसअघि गरिएको अनुसन्धानले नोट तथा ग्लासमा २ देखि ३ दिनसम्म मात्र भाइरस बाँच्न सक्ने भनिएको थियो । यसैगरी प्लास्टिक र स्टेनलेस स्टिलमा ६ दिनसम्म मात्र बाँच्न सक्ने भनिएको थियो । तर नयाँ अनुसन्धानले थप सचेत र सतर्क रहनुपर्ने देखाएको छ । कोभिड सार्स–२ नाम दिइएको यो भाइरस सोचेभन्दा निकै लामो समयसम्म जीवित रहने तथ्य फेला परेको अनुसन्धानकर्ताहरुले बताएका छन् ।

मुख्य रुपमा कोरोना भाइरस संक्रमित व्यक्तिले खोक्दा, हाच्छ्यु गर्दा, बोल्दा अर्को व्यक्तिमा सर्ने गर्दछ । साथै हावामा तैरिएका संक्रमित व्यक्तिका छिटाबाट पनि भाइरस संक्रमण हुन सक्ने तथ्य फेला परेको छ । यसैगरी संक्रमित व्यक्तिले छोएको प्लास्टिक तथा फलामका बस्तु अर्को व्यक्तिले छुँदा पनि संक्रमण फैलिने सम्भावना रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री