बिहीबार, ६ वैशाख २०८१

कोरोनाविरुद्धको दोस्रो खोपले रुसमा पायो सरकारी मान्यता

समयपोष्ट २०७७ असोज २९ गते १३:१९

Advertisement

रुसले कोरोना भाइरसविरुद्धको दोस्रो खोप एपिभ्याककोरोनालाई मान्यता दिएको छ । कोरोनाभाइरस बिरुद्ध रुसले बनाएको यो दोस्रो खोप हो ।

राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार एक सरकारी बैठकमा भने, “हामीले अब पहिलो र दोस्रो खोपको उत्पादन बढाउनु पर्छ । विदेशी सहयोगीहरुलाई सहयोग गर्नुपर्छ । हामीले विकास गरेको खोपले विश्वभर ब्यापकता पाओस भन्ने हामी चाहन्छौं ।”

रुसको पहिलो खोपको नाम स्पुतनिक भि हो । दोस्रोको नाम एपिभ्याककोरोना राखिएको छ । रुसले एपिभ्याककोरोना खोपको विकास साइबेरियास्थित विश्वस्तरीय भायरोलोजी ईन्स्टिच्युट, भेक्टर स्टेट रिचर्स सेन्टर अफ भायरोलोजी एण्ड बायोटेक्नोलोजीमा गरेको हो ।

एपिभ्याककोरोना खोपको प्रारम्भिक चरणको मानव परीक्षण गत महिना सम्पन्न भैसकेको छ । यो खोपको १८ देखि ६० बर्ष उमेर समुहका सयजना स्वयंसेवकहरुमा परीक्षण सम्पन्न भएको छ ।

समाचार अनुसार आगामी नोभेम्बर या डिसेम्बरमा यो खोपको ठूलो संख्यामा मानव परीक्षण हुनेछ । यो बृहत मानव परीक्षणमा ३० हजार मानिसहरुको सहभागीत रहने सिएनबिसीले जनाएको छ ।

रुसले दावी गरे अनुसार स्पुतनिक भि मा भए जस्ता अतिरिक्त असरहरु एपिभ्याककोरोनामा छैन । समाचार अनुसार रुसले यो खोप निकै गोप्य ढंगले विकास गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री