शुक्रबार, ४ जेठ २०८१

कोरोनाको गम्भीर बिरामीको उपचारमा गाँजा प्रभावकारी !

समयपोष्ट २०७७ असोज २३ गते २१:१७

Advertisement

कोरोना भाइरसका गम्भीर बिरामीको उपचार गाँजाबाट हुने सक्ने एक अध्ययनको निष्कर्ष रहेको छ । अमेरिकाको साउथ क्यारोलिना विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको गाँजाका तीनवटा अध्ययनबाट यस्तो तथ्य खुलेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

तीनवटै अध्ययनमा गाँजाको माध्यमबाट गम्भीर खालका कोरोना संक्रमितको उपचार हुने बताइए पनि अन्तिम निष्कर्ष आउन बाँकी नै छ । अनुसन्धानकर्ता तथा वैज्ञानिकहरुले गाँजा खान प्रोत्साहन हुने आशंका गरेका छन् ।

अमेरिकी अनुसन्धानमा गाँजामा उपलब्ध टिएचसी (Tetrahydrocannabinol) पदार्थले कोरोना संक्रमितको उपचार हुनसक्ने प्रष्ट देखिएको छ । टिएचसीले खतरनाक इम्युन रेस्पोन्सबाट बचाउन सक्छ । जसका कारण एक्युट, रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोम (एआरडिएस)को शिकार भएका व्यक्तिलाई लाभ प्राप्त हुन्छ ।

डेलिमेलका अनुसार कोरोनाका गम्भीर बिरामी एआरडिएसको समस्या हुन्छ । कोरोनाबाट ज्यान गुमाउनेमध्ये धेरैले यही समस्याकै कारण मृत्युवरण गर्छन् ।अमेरिकाको विश्वविद्यालयका तीनवटा अध्ययनमा दर्जनौँ प्रयोगहरु पनि गरिको छ । सुरुमा मुसामा एक टक्सिन दिएर टिएचसी प्रयोग गरिएको थियो । जुन मुसामा टिएचसी दिइएको थियो, ती मुसा बाँचेको र अन्य मुसा मरेका थिए ।

Advertisement

अनुसन्धानकर्ता तथा वैज्ञानिकले यो विषयमा थप अध्ययन थालेका छन् । उनीहरुले आम मानिसमा गाँजाको प्रयोगका लागि प्रोत्साहन नहुनेगरी कसरी काम गर्न सकिन्छ भन्ने विषयमा पनि अध्ययन गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री