शुक्रबार, ४ जेठ २०८१

ड्रग्स मामलामा साराको नाम जोडिएपछि छोरीसंग एकदम रिसाएको बिषयमा यसो भन्छन् सैफ

समयपोष्ट २०७७ असोज २१ गते १५:४४

Advertisement

ड्रग्स केसमा सैफ अलि खानकी छोरी सारा अलि खानको नाम जोडिएपछि मिडियामा सैफ उनीसंग रिसाएको खबरहरु आए ।

भर्खरै मात्र सैफले आफ्ना तीन छोरा छोरीका बारेमा एक अन्र्तवार्तमा बताएका छन् । सैफले बलिउड हंगामालाई दिएको अन्तरवार्तामा भने, ‘म सधैं उनीहरुको साथमा छु । म आफ्ना तीनै सन्तानलाई प्रेम गर्छु । यो साँचो हो कि म तैमुरसँग धेरै समय बिताउँछु तर म आफ्ना छोराछोरी इब्राहिम र सारासँग पनि लगातार सम्पर्कमा छु । मेरो मुटुमा मेरा तीन सन्तानका लागि छुट्टाछुट्टै स्थान छ । यदि म सारासँग केही कुराका लागि रिसाएको छु भने तैमुरले मलाई यसबारे राम्रो महसुस गराउन सक्दैन ।’

सैफले भने, ‘तपाईंसँग हरेक समय तपाईंको बच्चा हुन्छ जसलाई तपाईंले आफ्नो मुटुलाई विभाजित गर्नुहुन्छ । र उनीहरु सबै भिन्न उमेर समूहका छन् । मलाई लाग्छ मेरा तीनै सन्तानलाई भिन्न प्रकारको सामिप्यताको आवश्यकता छ । म सारा र इब्राहिमसँग फोनमा लामो च्याट वा डिनर गर्न सक्छु जुन म तैमुरसँग गर्न सक्दिनँ ।’ एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री