दिपाश्रीको स्थानमा मुन्द्रेको कमेडी क्लबमा इण्ट्री गरेपछि यसो भन्छिन् करिश्मा
जीतु नेपालको रियालटी कमेडी शो मुन्द्रेको कमेडी क्लबमा सदावहार नायिका करिश्मा मानन्धरको प्रवेश भएको छ ।
दिपाश्री निरौलाको स्थानमा उक्त कार्यक्रममा करिश्मालाई ल्याईएको हो । मुन्द्रेको कमेडी क्लबमा प्रवेश गरेसंगै करिश्माले दर्शकसंगको सम्बन्ध अझ सुमधुर र प्रगाढ हुने विश्वास ब्यक्त गरेकी छिन् ।
उनले सामाजिक सञ्जालमा कार्यक्रमका प्रस्तोता नेपालसंगको एक तस्विर सेयर गर्दै जितु र आफ्नो परिवारबीचको सम्बन्ध समेत अझै फराकिलो हुँने बताएकी छिन् ।
उनी लेख्छिन् :
जीवन विभिन्न भावनाले भरिएको छ ,
अनि
हाँसो सबैभन्दा उत्कृष्ट अभिव्यक्ति हो जस्ले एक अर्कोलाई सजिलै जोडिदिन्छ , मेरो र हामी सबैको प्रीय स्ट्यान्डअप कमेडीका प्रखर कलाकार जितु नेपालको ´ मुन्द्रे कमेडी क्लबको` यो दोस्रो सिजनमा परिवारको रूपमा जोडिएको छु ,आशा छ हजुरहरुले यो नयाँ कोसिस मनपराइदिनु हुनेछ ।
जुन सुमधुर सम्बन्ध जितु र मेरो परिवार बिच थियो, त्यो सम्बन्धलाई यो यात्राले अझै फराकिलो स्थान प्रदान गर्नेछ भन्ने लागेको छ र जुन सम्बन्ध मेरो दर्शकसंग चलचित्रको माध्यमले जोडिएको थियो, यो माध्यमबाट अझै प्रगाढ हुनेछ भन्ने बिश्वास लिएकोछु ।
अवश्य पनि पुरानो सिजनबाट केही प्रेरणा सापटी लिनेनै छु
प्रतिक्रिया