बिहीबार, ६ वैशाख २०८१

त्रिशूली नदीमा बस खस्यो ,१९ जनाकाे मृत्यु

समयपोष्ट २०७४ कार्तिक ११ गते ६:५२

सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४६७ नम्बरको बस शनिबार त्रिशुली नदीमा खस्दा १९ जनाकाे मृत्यु  भएको छ । बस धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट बिहान करिब ६ बजेतिर त्रिशुली नदीमा खसेको हो । 

Advertisement

घाइते १६ जनाको गजुरी स्थित अस्पतालमा उपचार भईरहेको छ । मत्यु भएकाको भने हालसम्म पहिचान खुल्न सकेको छैन । सप्तरीबाट काठमाडौं प्रस्थान गर्दा १५ जना यात्रुको चलानी लिएको पुष्टि भए पनि बसमा कति यात्रु भन्ने खुलेकाे छैन । बीच बाटोबाट पनि यात्रुहरु चढेकाले बसमा कति यात्रु थिए भन्ने थाहा हुन नसकेको हो । 

नदीमा डुबेको बसलाई क्रेनको सहायताले बाहिर निकाल्ने प्रयास भइरहेको छ । घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारका लागि परिचालन गरिएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री