शनिबार, ८ वैशाख २०८१

निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुन्छ, चुनाव सम्बन्धी अनर्गल प्रचार नगरौँ

समयपोष्ट २०७४ कार्तिक १० गते ८:५०

निर्वाचन आयोगले चुनाव तोकिएकै मितिमा सम्पन्न हुनेमा शंका नगर्न आग्रह गरेको छ ।  निर्वाचन सुरक्षा सम्बन्धी सुरक्षा निकायका पदाधिकारीसँग शुक्रबार आयोजित छलफल कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त यावदले मतपत्र छपाई लगायत कारणले देखिएको विवादका कारण चुनाव सर्ने शंका नगर्न आग्रह गरेका हुन् ।  

Advertisement

कार्यक्रममा यावदले मंसिर १० र २१ मा हुने चुनाव बारे अनर्गल प्रचार नगर्न समेत आग्रह गरे । उनले आयोग अदालतको आदेश पालना गर्दै अघि बढेको बताउँदै चुनावलाई अनिश्चितता तर्फ धकेल्न अनावश्यक प्रचारवाजी नगर्न आग्रह गरे । 

आयोगले निर्वाचनको समयमा राजनीतिक दलहरुले राज्यका संयन्त्र र निकाय तथा तिनका अधिकारीलाई आफू अनुकुल प्रयोग गर्न खोज्ने भएकाले सर्तक रहन सुरक्षा निकायका पदाधिकारीलाई सचेत समेत गराएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री