शुक्रबार, ७ वैशाख २०८१

मेरो पहिलो नजर फोटोमा जान्छ

समयपोष्ट २०७४ कार्तिक ९ गते ४:५१

दशैं कसरी मनाउने योजना छ ?

Advertisement

दशैँमा सबै जना भेटघाट गरेर रमाइलो गरेर दशैँ मनाउने गरेकी छु । टीकाको दिनमा नयाँ लुगा लगाएर मामाघर र ठूलो बुबाकोमा गरेर रमाइलो गर्ने सोच बनाएकी छु । यो बाहेक पिङ खेल्ने, तास खेल्ने, गाउँ घुम्ने योजना छ । 

दक्षिणा कति आउँछ ?

दशैँमा टीका लगाएर मलाई प्रायः सबैले दक्षिणा दिनुहुन्छ । सबैले माया गरेर ५ सय, १ हजारसम्म दिनुहुन्छ ।

दक्षिणा केमा खर्च गर्नुहुन्छ ?

दक्षिणाबाट आएको पैसा ममीलाई राख्न दिन्छु । ममीले त्यो पैसा मेरै लागि खर्च गरिदिनुहुन्छ । 

दशैंमा घरमा कस्ता परिपार पाक्छ ?

दशैँमा मेरो घरमा मासुका विभिन्न परिकार पाक्छन् । तर म माछा–मासु खाँदिनँ, भेजिटेरिएन हो । 

मन पर्ने खाना ?

सामान्य नेपाली खाना नै हो । दाल, भात र रोटी । 

दशैंको लागि के–के सपिङ गर्नुभयो ?

यसपालि मैले दशैँको लागि पेण्ट, भेष्ट, स्कर्ट र सर्ट किनेकी छु । अरू पनि सपिङ हुँदैछ । अब एक जोर वानपिस लिन्छु ।

monalisha

मन पर्ने पोसाक ?

मलाई लगाउन सजिलो र राम्रो लाग्ने लुगा वानपिस नै हो । मलाई राम्रो देखिने भनेको मेरो आफ्नै कल्चरल तामाङ ड्रेसले हो । 

मन पर्ने गीत, फिल्म ?

रमाइलोका लागि म प्रायः गीत नै सुन्छु । सबै प्रकारका गीत सुन्दा रमाइलो लाग्छ । फिल्म पनि अलि–अलि हेर्छु तर अहिले खासै हेरेको छैन ।

घरमा टीभी हेर्दा कस्तो खालको कार्यक्रममा आँखा जान्छ ?

घरमा गएर टीभी खोल्दा सबैभन्दा पहिले फिल्म आउने च्यानल नै लगाउँछु । टीभीमा प्रायः हिन्दी फिल्म नै हेर्ने गर्छु । 

पत्रिकामा पहिलो नजर केमा पर्छ ?

पत्रपत्रिका हेर्दा सबैभन्दा पहिले मेरो नजर त्यसमा छापिएको फोटोमा जान्छ । त्यसपछि राशीफल हेर्छु । राशीमा एकदम विश्वास गर्छु । मेरो सिंह राशी हो । 

मोबाइलमा म्यासेज र फेसबुकमा च्याट सबैभन्दा कसलाई गर्नुहुन्छ ?

मोबाइलमा सबैभन्दा बढी फोन, म्यासेज ड्याडीलाई गर्छु । फेसबुकमा च्याटचाहिँ साथीहरूसँग हुन्छ । प्रायः स्टडीको बारेमा, छुट्टी कसरी मनाउने भन्ने विषयमा कुरा गर्छु ।
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री