शनिबार, ८ वैशाख २०८१

भार्गव विकास बैंकले जारी गर्यो ८० प्रतिशत हकप्रद ,कहिलेसम्म आवेदन दिन सकिन्छ ?

समयपोष्ट २०७४ कार्तिक ८ गते ६:४५

भार्गव विकास बैंकले चुक्ता पूँजीको ८० प्रतिशत अर्थात १०: ८ अनुपातमा हकप्रद शेयर जारी गरेको छ ।  बैंकको हकप्रदमा कात्तिक २४ देखि मंसिर २८ सम्म आवेदन दिन सकिन्छ ।  बैंकले २१ लाख १२ हजार कित्ता हकप्रद शेयर कात्तिक २४ देखि मंसिर २८ गते सम्म बिक्रीका लागि निष्काशन गरेको हो।

Advertisement

बैंकले हकप्रद निष्काशन प्रयोजनका लागि कात्तिक १५ गते बुक क्लोज गर्ने भएको छ ।  कात्तिक १४ गतेसम्म कायम शेयरधनीहरुले बैंकको हकप्रद आवेदन दिन पाउने छन् ।  बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।

बैंकको हकप्रदमा भार्गव विकास बैंकका शाखाहरु, एनएमबि क्यापिटल नागपोखरी, एनएमबि बैंकका चावहिल, कलंकी, कुमारीपाटी, सुर्यविनायक, बनेपा, बुटवल, धरान, विराटनगर, नेपालगञ्ज, धनगढी, पोखरा, विरगन्ज, जनकपुर, चितवन र झापा शाखाबाट आवेदन दिन सकिने छ ।  हाल बैंकको चुक्ता पूँजी २६ करोड ४० लाख रुपैयाँ रहेको छ । ८० प्रतिशत हकप्रद पश्च्यात बैंकको पूँजी ४७ करोड ५२ लाख रुपैयाँ पुग्नेछ । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री