शुक्रबार, ७ वैशाख २०८१

राधी विद्युत कम्पनीले ७ लाख ६४ हजार ५ सय ५० कित्ता साधारण सेयर निश्कासन गर्ने

समयपोष्ट २०७४ कार्तिक ७ गते ८:५६

धितोपत्र बोर्डले राधी विद्युत कम्पनी लिमिटेडलाई साधारण सेयर निश्कासन गर्ने अनुमति दिएको छ ।  बोर्डले उक्त कम्पनीलाई ७ लाख ६४ हजार ५ सय ५० कित्ता साधारण सेयर निश्कासन गर्ने अनुमति दिएको हो । 

Advertisement

कम्पनीले आयोजना प्रभावितका लागि ४ लाख १० हजार कित्ता र सर्वसाधारणका लागि ६ लाख १५ हजार कित्ता सेयर गरी १० करोड २५ लाख रुपैयाँ बराबरको १० लाख २५ हजार कित्ता सेयर छुट्याएको थियो ।

जसमध्ये कम्पनीले  ४ लाख १० हजार कित्ता सेयर गत बैशाख ५ गतेदेखि जेठ ३ गतेसम्म  निष्काशन गरेको थियो ।  उक्त सेयरमध्ये १ लाख ४९ हजार ५५० कित्ता सेयर बिक्री हुन सकेको थिएन ।

स्थानीबासीलाई छुट्याएको मध्येबाट बिक्री हुन नसकेको सेयर समेत सर्वसाधारणलाई थप गरी कम्पनीले कुल ७ करोड ६४ लाख ५५ हजार रुपैयाँ बराबरको ७ लाख ६४ हजार ५ सय ५० कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीको सेयर बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिगं लिमिटेड रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री