शुक्रबार, १६ चैत २०८०

ग्लोबल आईएमई बैंकको नयाँ व्याजदर यस्तो छ

समयपोष्ट २०७४ कार्तिक ७ गते ७:१४

ग्लोबल आईएमई बैंकले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले असोज महिनाको आधार व्याजदरका आधारमा सार्वजनिक गरेको व्याजदर १० प्रतिशतभन्दा माथि छ । 

Advertisement

बैंकले आधाार व्याजदरमानै निश्चित प्रकृतिका कर्जा प्रवाह गर्ने भएको छ । बैंकले विभिन्न कर्जा योजना मध्येका केहीमा आधार व्याजदरमा अधिकतम ८ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा परिचालन गर्ने भएको छ । बैंकको आधार व्याजदर १०.५४ प्रतिशत रहेको छ ।

बैंकले जारी गरेको सूचना अनुसार उसले सरकारी ऋणपत्र धितो राखेर दिने कर्जा तथा स्पेशल एक्सपर्ट फाइनान्सिङ शिर्षकका कर्जामा आधार व्याजदर लागू गर्ने , सेयर धितोकर्जामा आधार व्याजदरदेखि ६ प्रतिशतसम्म प्रिमियम थप गरिने  र अन्य किसिमका कर्जाहरुमा आधार व्याजदरमा ७ प्रतिशतसम्म प्रिमियम थप गर्ने  उल्लेख छ । 

बैंकले लघुवित्त कर्जा तथा अन्य कर्जामा ५ देखि ८ प्रतिशतसम्म प्रिमियम थप गर्ने जनाएको छ । बैंकले बचततर्फ भने अधिकतम ८ प्रतिशतसम्मको व्याजदर निर्धारण गरेको छ । अधिकांस बचत शिर्षकमा बैंकले ३ देखि ४ प्रतिशतसम्म व्याजदर निर्धारण गरेको छ । मुद्धती बचतमा मात्र बैंकले ३ देखि ८ प्रतिशतसम्मको व्याजदर निर्धारण गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री