शुक्रबार, १४ वैशाख २०८१

छिमेक लघुवित्तको साधारणसभा कार्तिक २४ गते ,सभाले ४५ प्रतिशत लाभांस पारित गर्ने

समयपोष्ट २०७४ असोज २९ गते ६:१७

छिमेक लघुवित्त विकास बैंकले कार्तिक २४ गते १६औं बार्षिक साधारणसभा बोलाएको छ । सभामा गत आर्थिक बर्षको नाफाबाट हाल कायम भएको चुक्ता पूँजीको २५.११ प्रतिशत नगद लाभांस र १९.८९ प्रतिशत बोनस शेयरगरी  ४५ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव पारित हुनेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीको शेयरधनी दर्ता पुस्तिका कात्तिक ६ गतेदेखि २४ गतेसम्म बन्द रहनेछ । कम्पनीले प्रस्ताव गरेको लाभांस पाउन र साधारणसभामा भाग लिन कात्तिक ५ गतेसम्म सेयरधनी कायम हुनुपर्नेछ ।

Advertisement

कार्तिक ५ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र ४५ प्रतिशत लाभांस पाउने छन्।  त्यस्तै साधारणसभाले सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने १ जना संचालकको निर्वाचन गर्नेछ ।  निर्वाचन प्रकृयामा भाग लिनको लागि बैंकको न्युनतम एक सय कित्ता शेयर हुनु पर्ने छ। 

प्रतिक्रिया

सम्बन्धित सामाग्री