बुधबार, १२ वैशाख २०८१

केन्द्रीय पुस्तकालयमा अन्तरराष्ट्रियस्तरको पुस्तक संख्या ४२ हजार ५१४

समयपोष्ट २०७४ असोज २७ गते ८:०१

कीर्तिपुरस्थित केन्द्रीय पुस्तकालयमा अन्तरराष्ट्रियस्तरको पुस्तक संख्या (आइएसबीएन) मा अहिलेसम्म ४२ हजार ५१४ पुस्तक दर्ता भएका छन् । 

Advertisement

नेपालबाट प्रकाशित हुने पुस्तकलाई अन्तरराष्ट्रिय बजारमा लैजानका लागि सो आइएसबीएन नम्बर अनिवार्यरुपमा लिनुपर्ने हुन्छ । 

पुस्तक प्रकाशकले सो आइएसबीएन प्राप्त गरेपछि पुस्तकलाई विश्वबजारमा किनबेच गर्न सकिन्छ । उक्त आइएसबीएनको व्यवस्थाले नेपालबाट के कति पुस्तक प्रकाशित भए भनेर अभिलेख राख्नसमेत सहज हुन्छ । 

सन् २००० मा नेपालले यसको सदस्यता प्राप्त गरेको थयो । त्यसबेला इन्टरनेसनल स्टाण्डर्ड बुक नम्बरको केन्द्रीय कार्यालय जर्मनीमा थियो । केन्द्रीय पुस्तकालयले प्रक्रिया पु¥याएर आउने प्रकाशकलाई त्यस्तो नम्बर वितरण गर्दै आएको केन्द्रीय पुस्तकालयका कमलबहादुर कायस्थले जानकारी दिए । 

विसं २०५६ माघ २२ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आइएसबीएनको शुभारम्भ गरेका थिए । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री