शुक्रबार, १४ वैशाख २०८१

गुहेश्वरी मर्चेन्टले ४० प्रतिशत हकप्रद निष्कासन गर्दै

समयपोष्ट २०७४ असोज २२ गते ५:१८

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एन्ड फाइनान्स लिमिटेडले ४० प्रतिशत अर्थात १०ः४ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले कात्तिक १२ गते देखि  १९ करोड ७३ लाख ९२ हजार ८७७ रुपैयाँको एक सय रुपैयाँ अंकित मूल्यको १९ लाख ७३ हजार ९२८ कित्ता हकप्रद निष्कासन गर्न लागेको हो ।

Advertisement

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । शेयरधनीहरुले एनआईबिएल क्यापिटलका साथमा गुहेश्वरी मर्चेन्टका सम्पूर्ण शाखा कार्यालय र नेपाल इन्भेष्टमेन्ट बैंकका चिप्लेढुङ्गा पोखरा, विराटनगर, नारायणगढ, नेपालगञ्ज र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रदमा मंसिर १८ गतेसम्म आवेदन गर्न पाइनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री