बुधबार, १२ वैशाख २०८१

सनराइजको लिलामीको सेयर बोलकबोल गर्ने आज अन्तिम मिति

समयपोष्ट २०७४ असोज २२ गते ५:०५

सनराइज बैंकले लिलामीमा राखेको सेयर बोलकबोल गर्ने आईतबार अन्तिम मिति रहेको छ । लगानीकर्ताले आईतबार कार्यालय समयभित्र शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । सनराइज बैंकले हकप्रदमा अवितरित सर्वसाधारण र संस्थापक समूह गरि कुल ७ लाख १० हजार ७४३ कित्ता सेयर लिलामीमा ल्याएको हो । जसमध्ये ७२ हजार ६१२ कित्ता संस्थापक र ६ लाख ३८ हजार १३१ कित्ता सर्वसाधारण तर्फको सेयर रहेको छ । 

Advertisement

बैंकले यसअघि जेठ १६ गतेदेखि असार १९ गतेसम्म ३० प्रतिशत बराबरको एक करोड ६३ लाख ५९ हजार ६३६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा अवितरित सेयर लिलामीमा ल्याएको हो ।

बोलपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालय कमलपोखरीमा असोज २३ गते दिउँसो १ बजे खोलिने क्यापिटलले जनाएको छ । बैंकले गत बर्ष एक अर्ब १६ करोड ६९ लाख रुपैयाँ नाफा कमाएर प्रतिसेयर आम्दानी १६ रुपैयाँ ६६ पैसा कायम गरेको छ । बैंकको सेयर बुधबार प्रतिकित्ता ३१७ रुपैयाँमा कारोबार भएको छ । लिलामीमा सेयर पाउनेले बैंकले वितरण गर्ने १५ प्रतिशत बोनस समेत पाउनेछन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री