शुक्रबार, ७ वैशाख २०८१

अन्तर–सरकारी वित्त व्यवस्थापन र वित्त आयोग विधेयक पारित 

समयपोष्ट २०७४ असोज २० गते १२:२८

व्यवस्थापिका–संसद्को आजको बैठकले संविधान कार्यान्वयनसँग सम्बन्धित दुई विधेयक पारित गरेको छ । बैठकले ‘अन्तर–सरकारी वित्त व्यवस्थापन विधेयक’ र ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग विधेयक’ पारित गरेको हो ।

Advertisement

 बैठकमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की संविधानको भावनानुसार स्रोतसाधनको बाँडफाट गर्ने व्यवस्था गरिएको र केन्द्रको सहयोग विषयलाई थप व्यवस्थित गरिएको बताउँदै अन्तर–सरकारी वित्त व्यवस्थापन विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । छलफलपछि उक्त विधेयक बैठकले बहुमतले पारित गरेको हो । 

बैठकले वित्त आयोग विधेयक पारित गरेको छ । छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री कार्कीले संघ, प्रदेश र स्थानीय तहमा प्राकृतिक स्रोत साधन र राजश्व आधारका बाँडफाँट गर्न आयोग गठन अनिवार्य रहेको औँल्याउँदै विधेयक पारित गरिदिन आग्रह गरेका थियो । 

बैठकले स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले, ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०७४’ माथि छलफल गरियोस् भनी प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको थियो । बैठकमा विकास समितिका सभापति रवीन्द्र अधिकारीले ‘विकास समितिको वार्षिक प्रतिवेदन, २०७४’ पेश गरेका थिए । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री