शनिबार, ८ वैशाख २०८१

‘चीनको ईशारामा नेपालमा वाम एकता हुँदैछ ’

समयपोष्ट २०७४ असोज १९ गते १०:४१

राष्ट्रिय जनता पार्टी नेपालका उपाध्यक्ष बृषेचन्द्र लालले मित्र राष्ट्र चीनको ईशारामा नेपालमा वाम एकताको सुरु भएको आरोप लगाएका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उपाध्यक्ष लालले भने,‘कशैको ईशारामा नभएको भए यो कसरी रातारात वाम तालमेल र पार्टी एकताको प्रयास भयो त ? सोच्नुपर्ने कुरा त यहाँनिर छ, म दाबाका साथ भन्छु यो चीनको ईशारामा वामपन्थीहरुवीचको एकता प्रयास भएको हो, यसमा प्रत्यक्ष रुपमा चीनले भूमिका खेलेको छ।’

Advertisement

उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमकल दाहाल प्रचण्डलाई राजनैतिक नैतिकता नभएको नेताको संज्ञा दिए । 
उनले भने,‘प्रचण्डसँग थोरैपनि राजनैतिक नैतिकता छैन्, यदि त्यसो हुँदो हो त सरकारमा रहेर विपक्षीसँग गएर घाँटी जोड्न ेकाम गर्नु हुनेथिएन, म यहाँबाटै आग्रह गर्छु बचेखुचेको थोरै नैतिकता बाँकी छ भने तत्काल सरकार छोडेर लोकतान्त्रिक मुल्य र मान्यताको सम्मान गर्नुस्, लोकतान्त्रि गठबन्धन पार्टी एकताको लागि होईन, वाम एकताको बिरुद्धमा हो, हामी वाम एकताबाट डराएका होईन, यो गठबन्धन अपवित्र छ, यो बाहृय शक्तिको रिमोटबाट बनेको एकताले मुलुक र नेपाली जनताको भलो गर्दैन।’

मुलुकै ठुलो लोकतान्त्रिक शक्ति नेपाली काँग्रेस लगायत ६ दलहरु लोकतान्त्रिक मुल्य मान्यतामा उभिएका उल्लेख गर्दै लाले थपे,‘हाम्रो गठबन्धनले मुलुकलाई सवल बाटोमा लैजाने छ, यो गठबन्धनकासामु वाम एकताले हावा खानेछ।’
त्यस्तै कार्यक्रममा नेपाल लोकतान्त्रिक फोरमका महासचिव एवम् प्रमु्ख सचेतक योगेन्द्र चौधरीले माओवादी केन्द्रले एमालेसँग एकताको पहल थालेर गम्भिर भुल गरेको बताए । उनले भने,‘यदि प्रचण्डले आज आएर एमालेको नेतृत्वमा जानुपर्ने नै थियो भने दशवर्षे जनयूद्ध किन लडे? अनाहक १७ हजार मानिसको किन ज्यान लिए? के साँच्चै उनीहरुको रगतले प्रचण्डलाई भलो हुने देला?’

महासचिव चौधरीले अघि थपे,‘आगो र पानीजस्तै बनेका दलहरु आज आएर रातारात मिल्नु सामान्य कुरा छैन्, यो अपवित्र कार्य हो, यसमा जनताले खुब ध्यान दिनुपर्छ, वाम एकताको बिरुद्धमा लोकतान्त्रिक एकताको खाँचो छ।’

संघीय समावादी फोरम नेपालका सचिव पर्शुराम बस्नेतले प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्नेमा जोड दिएका छन्। बस्नेतले वाम एकताको कारण निर्वाचन तलमाथि गर्न नहुने भन्दै यस्तो बताएका हुन । 
सचिव बस्नेतले भने,‘हामी सरकारमा छौँ, सरकारलाई दिएको समर्थन र लोकतान्त्रिक गठबन्धन गर्नेमा कुनै कसर बाँकी राख्दैनौ, नेपालमा लोकतान्त्रिक शक्तिहरु एक ठाउँमा उभिनुपर्छ, अरु कसैको केही लाग्दैन, ६ वटा लोकतान्त्रिक दलहरु एक भएर वाम एकताको चुनौतिलाई तोड्नुपर्छ।’

उनले अघि थपे,‘लोकतान्त्रिक गठवन्धन स्थानीय तहको निर्वाचनमा जनताले दिएको जनमतका आधारमा हुनुपर्छ, सिट बाडफाँडमा ध्यान दिनुपर्छ, कुनै पनि हालतमा एकता हुनुपर्छ, गठवन्धन हुनुपर्छ।’
नेता बस्नेतले संविधान संशोधन, मधेश आन्दोलन, १० वर्षे जनयूद्ध, थारु आन्दोलनले प्रचण्डलाई सरकारमा जाने मौका दिएको भन्दै आज आएर वाम एकताको नाममा सबै परिर्वतनहरु खोलामा बगाएको आरोप लगाए। 

त्यस्तै उनले माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दलसँग चुनावी तालमेल र पार्टी एकताको प्रयास अघि बढाएसँगै वर्तमान सरकारमा बसिरहने नैतिक अधिकार नै गुमाईसकेको आरोप लगाए । उनले भने,‘नैतिकताको आधारमा पनि माओवादीले अब सरकार छोड्नुपर्छ।’
उनले आफ्नो पार्टी यही गठबन्धनमा रहने र पार्टी अध्यक्ष उपेन्द्र यादवले यही गठबन्धनमा नै रहने निर्णय गरिसकेको जनाउँदै भने,‘हाम्रो अध्यक्ष अब वाम गठबन्धनतिर जानुहुँदैन, यही गठबन्धनलाई मजबुद बनाएर लैजानुपर्छ र संस्थागत बनाउनुपर्छ भन्ने पक्षमा दृढ हुनुहुन्छ।’


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री