महालक्ष्मी विकास बैँकले घोषणा गर्यो १७.८९ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्ष २०७५/७६ को नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (एन.एफ.आर.एस) अनुसार वासलात तयार पारेको छ ।

Advertisement

सोही विवरण अनुसार बैंक संचालक समितिको असोज १६ गते बसेको बैठकले संस्थाको आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ९.८९% नगद लाभांश र ८% का दरले बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।

उक्त नगद लाभांश र बोनस शेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ साधारण सभाबाट पारित गरे पश्चात् वितरण गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री