सोमबार, १७ वैशाख २०८१

तैमुरको स्याहार गर्ने धाईआमा र मोदीको तलब बराबर

समयपोष्ट २०७५ असोज १४ गते ६:१४

करिना कपुर र सेफ अली खानका छोरा तैमुर अली खान बलिउडका सबैभन्दा चर्चित स्टारकिडमध्येका एक हुन् । सन् २०१६ डिसेम्बर २० तारिखमा जन्मिएका उनी धेरैजसो आफ्नी धाईआमासँगै कहिले प्ले स्कूलमा त कहिले घुमिरहेको देख्न सकिन्छ । सधैं तैमुरसँगै देखिने ती धाईआमा सावित्री हुन् र उनको मासिक तलब पनि धेरै छ ।

Advertisement

एक रिपोर्ट अनुसार तैमुरकी धाईआमाको मासिक तलब साढे एक लाख भारु छ । यदि कारणवश उनले अतिरिक्त काम गरिन् भने त्यो बढेर एक लाख ७५ हजार भारुसम्म पुग्ने बताइएको छ । बच्चासँग बिताएको प्रत्येक घण्टाको पैसा ती धाईआमालाई दिने गरिन्छ ।

यता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मासिक तलब एक लाख ६० हजार बताइन्छ । यस्तोमा तैमुरकी धाईआमा र मोदीको तलब उत्ति नै छ भन्दा फरक नपर्ला ।

यतिमात्र होइन, सेफ र करिना विदेश घुम्न गएका बेला, सावित्री पनि तैमुरसँगै जान्छिन् । तैमुरलाई कतै लैजानका लागि सावित्रीलाई कारसमेत दिइएको छ । करिनाको बच्चा सम्हाल्नका लागि सावित्रीको प्रबन्ध जुहुस्थित एक एजेन्सीले मिलाएको हो । तुषार कपुर र सोहा अली खानको बच्चा सम्हाल्न राखिएका धाईआमाको प्रबन्ध पनि यसै एजेन्सीले मिलाएको हो । यो एजेन्सीले धाईआमाको पृष्ठभूमी, स्वास्थ्य र आर्थिक स्थितीको अनुसन्धान गर्छ ताकि सेलिब्रिटीले कुनै प्रकारको समस्याको सामना गर्नु नपरोस् ।

करिनाले एक च्याट शोमा अबको दुई वर्षमा दोस्रो सन्तानलाई पनि जन्म दिने आफूहरु योजनामा रहेको जानकारी दिएकी छिन् ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री