सोमबार, १७ वैशाख २०८१

यस्तो छ रेखाको ‘मालिका’

समयपोष्ट २०७५ असोज १२ गते २२:५६

अभिनेत्री रेखा थापाको निर्देशन अभिनय रहेको चलचित्र ‘मालिका’ले अफिसियल ट्रेलर सार्वजनिक गरेको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा रेखा र डेब्यु गर्ल कमला वलीको दृश्यले भरिएका छन् । बालबिबाहको कथा बिषय बनाएको चलचित्रको ट्रेलरले दर्शक लोभ्याउन सक्छ ।

Advertisement

कमर्सियल रुपमा निर्माण गरिएको ट्रेलरमा नारीलाई स्ट्रोङ रुपमा देखाउन खोजिएको छ । चलचित्रले नारी सशक्तिकरणको आवाज उठाएको कार्यक्रममा रेखाले बताइन् ।

रामशरण उप्रेतीको छायाँकन रहेको यस चलचित्रको रिलिज मिति १६ कात्तिक तोकिएको छ । शिवम् अधिकारीको पटकथा रहेको चलचित्रमा रेखा र नरकार्कीको कथा तथा कन्सेप्ट छ । नर कार्की चलचित्रका कार्यकारी निर्माता हुन् भने निर्माताको रुपमा रेखाकी आमा सरस्वती थापा रहेकी छन्

पछिल्लो समय एक्सन अभिनेत्रीको छवि बनाएकी रेखाले अचेल समाजमा जरा गाडेर बसेका विकृति र विसंगतिलाई आफ्नो चलचित्र मार्फत उजागर गर्दै आएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री