शुक्रबार, १४ वैशाख २०८१

जग्गा हालसाविक गर्न घुस माग्ने नापी सर्वेक्षक पक्राउ

समयपोष्ट २०७५ असोज २ गते ५:५२

नापी कार्यालय बुढानीलकण्ठ, काठमाडौंका नापी सर्वेक्षक सुरेन्द्रसिंह कुवँर २५ हजार रुपैयाँ घुसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जग्गा हालसाविक गर्ने प्रयोजनका लागि घुस मागेको भन्ने उजुरीका आधारमा उनलाई पक्राउ गरेको हो ।

Advertisement

घुसबापतको २५ हजार रकम लिइसकेको अवस्थामा बुढानीलकण्ठ नगरपालिका वडा नं–७ हात्तीगौडास्थित कमर्सियल कम्प्लेक्सको कम्पाउण्डबाट उनलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री