बलिउड सुपरस्टार गोविन्दा काठमाडौंमा
बलिउड सुपरस्टार गोविन्दा शनिबार नेपाल आएका छन् । गोविन्दा आइतबार काठमाडौंमा आयोजना हुने ‘एलजी फिल्म अवार्ड’ वितरण समारोहमा सहभागी हुन छोरीका साथ शनिबार काठमाडौं आएका हुन् ।
उनको नेपाल बसाई ३ दिनको हुनेछ । गोविन्दाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएपछि संचारकर्मीमाझ नेपाललाई साहस र प्रेमको धर्ती भन्दै आफूलाई माया गर्ने नेपालीलाई धन्यवाद दिए ।
नेपाल बसाईको क्रममा पशुपतिनाथको दर्शन गर्ने र चन्द्रागिरी हिल्स पुग्ने आफ्नो योजना रहेको पनि उनले जानकारी दिए ।
गोविन्दाले नेपाल बसाईका क्रममा प्रधानमन्त्री केपी ओलीसँग भेट गर्ने कार्यक्रम रहेको छ । भारत भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय कलाकारहरुसँगको सामूहिक भेटमा गोविन्दालाई ‘ज्वाई’ भन्दै सम्बोधन गरेका थिए ।
गोविन्दाकी श्रीमति सुनिता आहुजा नेपाली मुलकी हुन् । यसअघि बलिउड सुपरस्टार गोविन्द अभिनेत्री मनिषा कोइरालाको विवाहमा सहभागी हुन नेपाल आएका थिए ।
आफ्नो गज्जवको डान्स स्टाईल र कमेडीका माध्यामबाट दर्शकको मनमा राज गरेका गोविन्दा बलिउडका चर्चित अभिनेता हुन् ।
प्रतिक्रिया