शनिबार, ८ वैशाख २०८१

अब सिमा विवाद हुनुहुँदैन : प्रधानमन्त्री ओली

समयपोष्ट २०७५ भदौ २८ गते १४:३६

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतका बीच सिमानामा विवाद हुन नहुने बताउनुभएको छ ।

Advertisement

नेपाल–भारत अन्तर्राष्ट्रिय सीमासम्बन्धी बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै उहाँले सिमानामा देखिएका विवाद समाधान हुनै नसक्ने प्रकारका नभएकाले विवाद गर्न नपर्ने बताउनुभयो ।

“कहीँकतै समस्या देखियो भने दुई पक्षबीचको छलफल, विगतका प्रमाण, विज्ञका सुझाव लिनुहोस्”(प्रधानमन्त्री ओलीले भन्नुभयो, “तपाईंहरुले संकलन गरेका सुझाव सरकारलाई बुझाउनुहोस् र सरकारको रायका आधारमा निर्णय गर्नुहोस् ।”

नेपाल–भारत सम्बन्ध अहिले नयाँ उचाइबाट अघि बढेकाले त्यही कोणबाट भारतसँग परामर्श गर्नुपर्ने उहाँको भनाइ थियो । “हामी झगडाको पक्षमा होइन, दुई देशको मित्रताको पक्षमा छौँ”– प्रधानमन्त्री ओलीले भन्नुभयो ।

कार्यक्रममा नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले नेपाल–भारत सीमानाको वर्तमान अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री