बिहीबार, १३ वैशाख २०८१

अब मुक्तिनाथमा केवलकार, ८३.६५ किलोमिटर केवलकार निमार्णका लागि ३५ करोड अमेरिकी डलर लाग्ने अनुमान

समयपोष्ट २०७५ भदौ २८ गते ५:३३

नेपालको धार्मिक तथा पर्यटकिय स्थल मुक्तिनाथमा केवलकार सेवा विस्तार गरिने भएको छ ।

Advertisement

बुधबार लगानीबोर्डका तर्फबाट सिइओ महाप्रसाद अधिकारी र मुक्तिनाथ दर्शन प्रालिका तर्फबाट अध्यक्ष अरुण कुमार सुवेदीले विरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथसम्म केवलकार लाइन बिकासका लागि सहमतिपत्रमा हस्ताक्षर गरे ।

८३.६५ किलोमिटर केवलकार लाइनमा ६ वटा स्टेशनहरु रहनेछन् । विरेठाँटीदेखि घोरेपानी, घोरेपानीदेखि तातोपानी, तातोपानीदेखि लेतेमार्फा, लेतेमार्फा देखि जोमसोम, जोमसोम देखि कागबेनी र कागबेनीदेखि मुक्तिनाथ गरी ६ खण्डमा विभाजित गरिएको छ । आयोजनाको लागत ३५ करोड अमेरिकी डलर लाग्ने अनुमान छ ।

गत बैशाख १५ गते लगानी बोर्डको ३० औ बैठकले मुक्तिनाथसम्म केवलकार प्रसारण लाइनको प्रस्तावलाई पारित गरेको थियो र उक्त कम्पनीलाई विस्तृत परियोजना प्रतिवेदन तयार गरेर बोर्डलाई बुझाउन भनिएको थियो । हस्ताक्षर भएको मितिले १८ महिना भित्र विस्तृत परियोजना प्रतिवेदन बुझाउनु पर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री