बिहीबार, १५ चैत २०८०

समृद्धिका लागि निर्जीवन बीमा

समयपोष्ट २०७५ भदौ २७ गते ५:२४

लुम्बिनी इन्स्योरेन्सको पछिल्लो अवस्था कस्तो छ ?

Advertisement

लुम्बिनीमा मेरो कार्यकाल तीन वर्ष भयो । यो तीन वर्षमा लुम्बिनीलाई उत्कृष्ट बीमा सेवा प्रदायकको रूपमा अगाडि सारेका छौँ । हामीले दिगो विकासको परिकल्पना गर्दै त्यही बाटो हिँड्दै छौँ । व्यवसाय वृद्धि हुने क्रममा छ । १९–२० कम्पनीमध्ये व्यवसायको हिसाबमा हामी ८–९ स्थानमा छौँ । नाफाको हिसाबमा ५औँ तहमा छौँ । हामीले क्लेमको दायरा छिटोभन्दा छिटो तिरेर क्लेम साइकललाई घटाएका छौँ । सय दिन मात्र क्लेम साइकल राख्ने हाम्रो टार्गेट छ । अहिले दुई सय चानचुन छ । स्मार्ट क्लेम सर्भिस भनेर छिटोभन्दा छिटो तिर्ने प्रक्रियामा हामी छौँ । क्लाइन्टहरू पनि खुसी छन् । साउनदेखि हामी आईएसओ सर्टिफाइड हुँदैछौँ । प्रोभिजनल्ली भइसकेका छौँ । यसको मतलब हामीले स्तर, सिस्टम वृद्धि गरेका छौँ, जसले गर्दा भोलिका दिनमा सजिलो हुन्छ । विदेशी पुनर्बिमकहरूले र ग्राहकहरूले पनि विश्वास गर्ने छन्, यो हाम्रो प्रगति हो ।

हाल हाम्रो असार मसान्तसम्म चुक्ता पुँजी ८८ करोड रूपैयाँ रहेको छ । गत वर्षको नाफाबाट १३ करोडजति थपेर १ अर्ब नघाउने प्रयासमा छौँ । हामीले बीमा समितिमा त्यही प्लानिङ पेस गरेका छौँ । अन्त्यमा डिभिडेन्टबाट चुक्ता पुँजी पुर्याउने छौँ । सकेसम्म यो असोजभित्र साधारणसभा गर्ने हाम्रो तयारी छ । बीमा समितिबाट स्वीकृति लिएर सबै गरेर यो तीन महिनाभित्र चुक्ता पुँजी पुर्याउने हाम्रो योजना छ ।

बीमा समितिले चुक्ता पुँजी नपुर्याउनेलाई फोर्स मर्जरमा लैजाने भनेको छ । यो कत्तिको उपयुक्त होला ?

नेपाल सरकारको नीतिको कुरा आयो । यो व्यवहारिक देखिएन । लाइसेन्स जति पनि बाँडियो । हाम्रो आर्थिक विकास भएको छैन । बिहान–बेलुका छाक टारेर बचत भएन भने बीमा गर्ने सामथ्र्य हुँदैन । अर्को, बीमाबारे जानकारी भएर पनि हामी बीमा गर्दैनौं । घरको बीमा कतिले गरेका छन् त ? घरको जोखिम छ, त्यो २०७२ को भूकम्पले समेत देखाइसक्यो । भूकम्पकै कुरा गर्दा हामीले १८ महिनाभित्र सम्पूर्ण दाबी भुक्तानी गरिसकेका थियौँ । १७ वटा कम्पनीमा गोरखा भूकम्पको सम्पूर्ण दाबी भुक्तानी गर्ने कम्पनीमा हामी पर्छौं । यो बीमा समितिलाई प्रष्ट थाहा छ । बाहिर पनि हामीले भनेका छौँ ।

अहिले पेनिट्रेसन बढाउन अर्थमन्त्रीको निर्देशन छ । त्यो बढाउनुपर्छ । तर त्यसको लागि पूर्वाधार नेपाल सरकारले तयार गरिदिनुप¥यो । पूर्वाधार भन्नाले हामी कृषि बीमा बढाउन तयार छौँ । अघिल्लो साल पाँच भन्नुभयो । यसपालि हामीले लगभग पाँच पुर्याएका छौँ । अब यो वर्ष १० भन्नुभएको छ । हामी १० पनि पुर्याउँछौँ । तर ६५ प्रतिशत कृषिप्रधान देश हामी भन्छौँ । चामल आयात गर्छौं । आजसम्म एउटा मल कारखाना छैन । मल चाहिने बेलामा मलको अभाव किसानहरूले खेप्नुपरेको छ । कृषकले उत्पादन कसरी बढाउने ? हरेक प्रदेशमा एउटा मल कारखाना हुनुपर्छ । नक्कली मल अनेक कमिसन ख्वायर हामी आयात गरिरहेका हुन्छौँ । अनि विकास कसरी हुन्छ ? सिँचाइको असुविधा छ । बाटोको अवस्था हामी सबैलाई थाहा छँदैछ, कस्तो छ । उखु नबिकेर किसान चिन्तित छन् । नेपाल सरकारले चिनी कारखाना बन्द गरेर राखेको छ । विडम्बना यस्तो छ ! त्यस कारण बीमा विकास गर्नुपर्छ भनेर अरूलाई थोपरेर मात्र भएन । त्यो सामञ्जस्यता देखिँदैन । कहिले पुँजी चौबर बढाउने फेरि मर्जरमा जा भनेर हुँदैन । त्यस कारण लाइसेन्स दिनु छ भने त्यसको लागि पूर्वाधार उपलब्ध गराइदिनुप¥यो । वातावरण तयार गरिदिनुपर्योभन्ने हो  ।

नयाँ बीमा कम्पनीहरू आइसकेपछि तपाईं जस्ता पुरानालाई कत्तिको असर गरेको छ ?

असर अवश्य छ । अहिले निर्जीवन बीमाको बजार २० अर्ब रूपैयाँको छ । २० वटा कम्पनीको चुक्ता पुँजी २० अर्ब भयो । चुक्ता पुँजीको दाँजोमा बीमा बजार तेब्बर–चौबर हुनुपथ्र्यो तर त्यो छैन । बीमा बजार बढाइदिने काम बीमा कम्पनीको भन्नुहुन्छ उहाँहरू । पेनिटे«सन भएन भन्नुहुन्छ । पूर्वाधार खडा गरिदिएर समृद्धिको बाटो देखाइदिनुप¥र्यो नि त ! समृद्धिका लागि निर्जीवन बीमा अति आवश्यक छ । कृषि विकासका लागि कृषि बीमा, उद्योग व्यापार समृद्धिका लागि सम्पत्ति बीमा दायित्व बीमाको गहन भूमिका छ । त्यस्तै, आयात–निर्यातको लागि सामुद्रिक बीमा आवश्यक छ । समृद्धिका लागि बीमा चाहिन्छ । बीमा नभई बैङ्कले लोनसमेत प्रवाह गर्न सक्दैनन् । हामी अहिले हाइड्रो प्रोजेक्टको विकासको कुरा सोच्छौँ । त्यो गर्नका लागि पनि बीमा आवश्यक पर्छ । त्यसले गर्दा बीमाको भूमिका अति गहन छ । त्यसका लागि आधारभूत आवश्यकताहरू पूरा गरिदिनुपर्छ जस्तो लाग्छ ।

बीमा आफ्नो लागि भन्दा पनि बैङ्कको लोनको लागि मात्र हो भन्ने सोच छ, यो सोच कसरी हटाउन सकिएला ?

बैङ्कले क्लाइन्टको सम्पत्तिको बीमा आफ्नै लागि गर्छ । एउटा घर धितो राखेको छ, त्यो घर भत्किएर शून्य भयो भने भोलि बैङ्कलाई घाटा हुन्छ । त्यस कारण बैङ्कले त्यो सुरक्षाको लागि धितो राखिदिएको हो । जस्तो– एउटा केस के भयो भने एक करोडको घर छ । बैङ्कले २० लाखको लोन दिएको थियो । बैङ्कले लोन दिएको रकमको मात्र बीमा गरिदियो । गोरखा भूकम्पमा एक करोड मूल्य पर्ने घर भत्कियो । बीमा रकम थोरै भएको हुनाले अन्डर इन्स्योरेन्सको हिसाबले कटौती पनि भयो । तर एक करोडको घर भत्किएर शून्य लेबलमा पुग्दा २० लाख मात्र पायो । त्यो स्थिति नआओस् । एक करोडको घर छ भने एक करोडको मूल्याङ्कनमा बीमा हुनुप¥यो । बिमितले बैङ्कको लागि होइन कि आफ्नै सुरक्षाको लागि बीमा गरिएको भनेर सोच्नुपर्यो  । जस्तो– अहिले स्वरोजगातिर बीमा छ । भोलि त्यो व्यवसाय गर्ने मानिसले लोन लिएको थियो, दुर्घटनामा मृत्यु भयो भने उसको ऋणको बोझ उसको परिवारलाई पर्ने भयो । तर जीवन बीमा गरेको भए उसको मृत्यु भए पनि उसको बीमाबाट क्षतिपूर्ति हुन्छ । उसको परिवारलाई आर्थिक बोझ पर्दैन ।

बीमा भुक्तानी गर्ने बेलामा बीमा कम्पनीहरू अनेक आनाकानी गर्छन् भन्ने आरोप छ नि ? यसलाई कसरी सहज बनाउन सकिन्छ ?

निर्जीवन बीमातर्फ हामी २० बीमा कम्पनीहरू छौँ । नेपालको लागि २० वटा सङ्ख्यामा बढी हो । तपाईंले भनेको जस्तो केही तल–माथि भएको होला । तर नतिर्ने भनेर बीमा गरिँदैन । बीमा लिखित सम्झौतापत्र हो । करारनामा भोलि अदालतसम्म गएर पनि परिपूर्ति हुन्छ । त्यस्तो किसिमको नहोला । लुम्बिनी जनरल इन्स्योरेन्सको त्यस्तो छैन । हामी सकेसम्म खोजी–खोजी र सकेसम्म छिटो तिर्छौं भन्ने भावना रहन्छ । यो आशय बिमित र सम्बन्धित सरोकारवालाहरूले बुझिदिनुपर्यो ।

यहाँहरूले कस्ताखालका बीमा कार्यक्रम चलाउनुभएको छ ? आगामी योजना के छ ?

हाम्रो सुरुवात परम्परागत बीमा लेखबाट नै हुन्छ । फायरको लागि अग्नि बीमा । भूकम्प, बाढीपहिरो त्यसमै जान्छ । अर्को, व्यापारीको लागि सामुद्रिक बीमा हुन्छ । जस्तो– कलकत्ताबाट सामान काठमाडौँसम्म ल्याउनुपर्यो भने काठमाडौँसम्मको र काठमाडौँबाट कलकत्ता पठाउँदा कलकत्तासम्मको हामी सामुद्रिक बीमा भन्छौँ । त्यस्तै, मोटर भेहिकल भन्नाले मोटरसाइकल, सबै ठूला बस–ट्रकहरूको कभरअप मोटर बीमाअन्तर्गत गर्छौं । त्यस्तै, इन्जिनियरिङ बीमा भन्नाले ठेक्कापट्टा, पुल–पुलेसो, ठूला–ठूला भवन, रोडहरू यसमै पर्छन् । हाइड्रो प्रोजेक्टहरू पनि निर्माण अवधिको यसमै पर्छ । निर्माण भइसकेपछि भने अग्निमा जान्छ । त्यस्तै, विभिन्न दुर्घटनादेखि लिएर चोरी, डकैती, बैङ्क लुटपाट, व्यक्तिगत, सामूहिक दुर्घटना बीमा यसमै पर्छ । त्यस्तै, हामीले अष्ट्रिच चराको बीमा गरेका थियौँ । त्यो लुम्बिनीले नै सुरु गरेको हो । नेपालमा पहिलो पटक हात्तीको बीमा गरेका छौँ । त्यस्तै, हामी कृषि बीमामा अझै जोड दिन्छौँ । किनभने त्यो राष्ट्रिय आवश्यकताको कुरा हो । राष्ट्र विकासको लागि कृषि विकास हुनुपर्छ । करिब ६५ प्रतिशत कृषिमै आधारित छन् । सकेसम्म चामल आयात गरेर खान नपरोस् भन्ने हामी चाहन्छौँ । दुग्ध विकासको लागि गाई–भैँसीको बीमा अति आवश्यक छ । यसका लागि सुरुमा मैले नै पहल गरेको हो । यसलाई अझ अगाडि बढाउने हाम्रो प्रयास छ । हरेक क्षेत्रमा भेटनरी सुविधा हुनुपर्यो ताकि रोग लागे तुरुन्त निवारण होस् । त्यसो भयो भने हामी गर्न र अगाडि बढ्न तयार छौँ । हाम्रो प्राथमिकता यिनै हुन् ।

हाम्रो कम्पनीको उत्कृष्ट बीमा सेवा हाम्रो प्रतिबद्धता भन्ने प्रतिबद्धता छ । हालसालै हामी आईएसओबाट सर्टिफाई हुँदैछौँ । त्यस कारण हाम्रो जिम्मेवारी अझ गहन भएको बोध हामीले गरेका छौँ । राष्ट्रिय आवश्यकता परिपूर्ति गर्नका लागि हाम्रो योगदान अझ खाँचो छ र हामी लागी पर्छौं । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री