शुक्रबार, १४ वैशाख २०८१

कहिले नलगाउनुहोस् कसिलो ब्रा, स्वस्थमा देखिन्छन् यस्ता समस्या

समयपोष्ट २०७५ भदौ २१ गते ७:२३

कसिलो ब्रा लगाउँदा स्तन टाइट र आकर्षक देखिन्छ । तर यसले महिलाको स्वस्थमा निकै असर गरेको हुन्छ । कसिलो ब्राका कारणले गम्भीर किसिमको गर्दन तथा ढाड दुख्ने समस्या सृजना हुन सक्छ ।

Advertisement

लामो समयसम्म कसिएको ब्रा लगाउँदा काधमा दाद जस्तो गहिरो दाग बन्न सक्छ । जसले गर्दा चिलाउने र पोल्ने हुन्छ । लामो समयसम्म लगाउँदा काँधमा निलो डाम बस्ने र त्यसबाट दादको संक्रमण हुन सक्छ ।

नमिलेको ब्रा लगाउँदा स्तनलाई सहयोग गर्नको सट्टा गर्दनमा दुखाइ बढ्न जान्छ र ढाडमा बढी दबाब पर्छ । यसले टाउको र गर्दनमा जाने रगतलाई रोकिदिन्छ । जसले टाउँको दुख्ने समस्या निम्त्याउछ ।

कहिलेकाहीँ नमिलेको ब्रा र अन्डरवेयर लगाउँदा टाउको, छाती, ढाडको हड्डीमा पनि असर पर्छ । हड्डीमा असर गर्दा कहिलेकाहीँ श्वासप्रश्वासमा पनि समस्या हुने गरेको पाइन्छ ।

ब्राले महिलाको स्तनलाई छातीमै रहन सहयोग गर्छ । तर, धेरै कसिएको ब्रा लगाउँदा यसले छातीमा सहज तरिकाले रगत सञ्चालन हुन दिँदैन ।यसले टाउकोसँग सम्बन्धित गम्भीर रोग पनि लाग्न सक्छ ।

गलत साइजको ब्रा लगाउँदा पेटलाई पनि खराब गर्छ । कसेर लगाइने ब्राले डायफ्रममा दबाब पर्छ र पाचन प्रणाली सहज नहुँदा पेटमा असर गर्दछ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री