बिहीबार, १३ वैशाख २०८१

८४ करोडको पर्खाइमाा पुर्वलडाकु !

समयपोष्ट २०७५ भदौ १८ गते ०:४६

सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ झन्डै ३ बर्षदेखि नहुँदा बहिर्गमित जनमुक्ति सेनाले ८४ करोड रुपियाँ पाउन सकेका छैनन् ।

Advertisement

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७३÷०७४ मा बहिर्गमित रकम उपलब्ध गराउने निर्णय गरेको थियो ।

अधिवक्ता ज्ञानेन्द्रराज आरणसहित ३० जनाले सो निर्णयविरुद्ध २०७३ साउनमा सर्वोच्चमा निवेदन दर्ता गराउनुभएको थियो ।

सो रिट ३१ पटक सरे पनि अझै सुनुवाई हुन नसकेको बहिर्गमित जनमुक्ति सेना नेपालका उपाध्यक्ष योग्यबहादुर कार्कीले जानकारी दिएको खबर आजको नेपाल समाचारपत्रमा छ ।

उनले भने, ३० जनाले मन्त्रिपरिषदलाई विपक्षी बनाएर रिट दायर गराएको कारण निवेदनमाथि कुनै निर्णय हुन नसक्दा हामी बहिर्गमित जनमुक्ति सेना घर न घाटको भएका छौँ ।

संगठनको तथ्यांकअनुसार देशभर ४ हजार ९ जनाले बहिर्गमित जनमुक्ति सेना छन् । जसमध्ये २ हजार २ सय महिला लडाकु रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री