शनिबार, १ कार्तिक २०८२

माछापुच्छ्रे बैंकको २७औँ वार्षिक साधारण सभा सम्पन्न: लाभांश वितरणको प्रस्ताव पारित

समयपोष्ट २०८२ असोज १० गते १८:१४

Advertisement

माछापुच्छ्रे बैंक लिमिटेडको २७औँ वार्षिक साधारण सभा शुक्रबार होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न भएको छ। सभामा बैंकको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गरिएको छ भने शेयरधनीहरूलाई चुक्ता पूँजीको ८ प्रतिशत लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको छ।

पारित प्रस्तावअनुसार, बैंकले आफ्ना शेयरधनीहरूलाई चुक्ता पूँजीको ४ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर गरी कुल ८ प्रतिशत लाभांश (करसहित) वितरण गर्नेछ। बैंकले नगद लाभांश दसैँअगावै शेयरधनीहरूको खातामा जम्मा गरिसक्ने जनाएको छ। बोनस शेयर वितरणपछि बैंकको कुल चुक्ता पूँजी १२ अर्ब ८ करोड पुग्नेछ।

गत आर्थिक वर्ष २०८१/८२ मा माछापुच्छ्रे बैंकले १ अर्ब ८८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकको प्रतिशेयर आम्दानी १६ रुपैयाँ २१ पैसा कायम भएको छ।

माछापुच्छ्रे बैंक चालु आर्थिक वर्षमा वार्षिक साधारण सभा सम्पन्न गर्ने र लाभांश वितरणको घोषणा गर्ने पहिलो बैंक बन्न सफल भएको छ। यो उपलब्धिले बैंकको व्यवस्थापकीय दक्षता र शेयरधनीप्रति प्रतिबद्धतालाई झल्काउँछ।

Advertisement

होटल पोखरा ग्राण्डमा आयोजित उक्त साधारण सभामा संस्थापक तथा साधारण शेयरधनीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सभाले बैंकको भावी योजनाहरू र वित्तीय रणनीतिहरूबारे पनि छलफल गरेको थियो।

माछापुच्छ्रे बैंकले आफ्ना शेयरधनी र ग्राहकहरूप्रति निरन्तर प्रतिबद्धता र पारदर्शिता कायम राख्दै आगामी दिनमा थप उपलब्धि हासिल गर्ने लक्ष्य राखेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री