शनिबार, १ कार्तिक २०८२

एनआईसी एशिया बैंकका सीईओ रोशन न्यौपानेले दिए राजिनामा, सन्तोस राठी कामु सीईओ नियुक्त

समयपोष्ट २०८२ असोज २ गते १५:०७

Advertisement

एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन कुमार न्यौपानेले व्यक्तिगत कारण देखाउँदै पदबाट राजिनामा दिएका छन्। बिहीबार बसेको बैंकको सञ्चालक समिति बैठकले उनको राजिनामा स्वीकृत गरेको छ।

न्यौपानेले पारिवारिक कारणले आफूले बैंकमा पूर्ण समय दिन नसकेको बताउँदै राजिनामा दिएको जानकारी दिए। उनले भने, “पारिवारिक जिम्मेवारीका कारण मैले यो निर्णय लिएको हुँ, र मेरो राजिनामा सञ्चालक समितिले स्वीकृत गरिसकेको छ।”

न्यौपानेले एनआईसी एशिया बैंकमा पहिलो कार्यकालको चार वर्ष पूरा गरेर दोस्रो कार्यकालका लागि पुनः नियुक्त भएका थिए। तर, उनको दोस्रो कार्यकाल पूरा हुन केही समय बाँकी रहँदै राजिनामा दिएका हुन्।

सञ्चालक समितिले न्यौपानेको राजिनामा स्वीकृत गर्दै वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सन्तोस राठीलाई कायम मुकायम सीईओको जिम्मेवारी सुम्पिएको छ। राठीले अर्को व्यवस्था नहुँदासम्म बैंकको नेतृत्व सम्हाल्नेछन्। एनआईसी एशिया बैंकले यो परिवर्तनले संस्थाको नियमित कार्य र सेवामा कुनै असर नपर्ने जनाएको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री