ठमेल प्लाजा होटल एण्ड सुइटस्को आईपिओ बिक्री प्रबन्धकमा एसबिआई मर्चेण्ट बैंकिङ्ग नियुक्त
ठमेल प्लाजा होटल एण्ड सुइटस् लिमिटेडले आफ्नो प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) का लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई निष्काशन र बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ।
साझा शेयरको प्रति शेयर अङ्कित मुल्य रु. १०० रहेको छ र कुल १०,००,००० कित्ता शेयर जारी गरिनेछ। आजको कार्यक्रममा, नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका प्रबन्ध सञ्चालक र प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र ठमेल प्लाजा होटल एण्ड सुइटस् लिमिटेडका कार्यकारी अध्यक्ष जगन्नाथ ज्ञवालीले द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो।
नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड, नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो। यसले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरी लगानी व्यवस्थापन, धितोपत्र निष्काशन, बिक्री प्रबन्धन, धितोपत्र खरिद प्रत्याभुति, हितग्राही खाता सञ्चालन, संस्थागत परामर्श, र शेयर रजिष्ट्रार सेवाहरू प्रदान गर्दै आएको छ।
प्रतिक्रिया