मिड सोलु हाइड्रोको आईपीओ बाँडफाँट
समयपोष्ट
२०८० असोज १० गते १७:५७
मिड सोलु हाइड्रोपावर लिमिटेडको आइपिओ बाँडफाँट भएको छ ।
बुधबार एनआइसी एशिया क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा ६२ हजार ११७ जना आवेदकले १० कित्ताका शेयर पाएका छन्।
क्यापिटलका अनुसार आईपिओमा कुल १३ लाख ८१ हजार ५ सय ७५ जनाको आवेदन परेकोमा १२ लाख ८२ हजार ८ सय १९ जनाको आवेदन मात्र योग्य भएको छ। माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका १२ लाख ८२ हजार ८ सय १९ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँट गरिएको छ ।
जस अनुसार ६२ हजार १ सय १७ जनाले मात्र शेयर पाएका छन् । यी मध्ये २ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकीले १० कित्ताको दरले शेयर पाएका छन् ।
कम्पनीले भदौ २९ गतेदेखि असोज २ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई ६ लाख २१ हजार १ सय ७२ कित्ता शेयर निष्काशन गरेको हो ।
प्रतिक्रिया