एमसीसीकी सीईओ अल्ब्राइट नेपाल आउँदै
समयपोष्ट
२०८० असोज १० गते १६:३३
मिलेनियम च्यालेन्ज कर्पोरेसनकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिस प्याटरसन अल्ब्राइट नेपाल आउने भएकी छन् ।
अल्ब्राइट असोज १४ गते नेपाल आउने तालिका तय भएको हो ।
नेपाल र एमसीसीबीच २०७४ भदौ २९ गते नेपाल कम्प्याक्ट सम्झौतामा हस्ताक्षर भएको थियो । उक्त सम्झौता संयुक्त राज्य अमेरिकाको वासिङ्टन डीसीस्थित अमेरिकी विदेशमन्त्रालयमा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की तथा एमसीसीका कामु प्रमुख कार्यकारी अधिकृत जोनाथन नाशले हस्ताक्षर गरेका थिए ।
प्रतिक्रिया