शुक्रबार, ७ कार्तिक २०८२

सिटिजन्स बैंकलाई ऋणपत्र जारी गर्न अनुमति

समयपोष्ट २०८० असोज ४ गते १०:२३

Advertisement

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ऋणपत्र जारी गर्न अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्डले बैंकलाई ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने अनुमति दिएको हो।

बैंकले वार्षिक १० प्रतिशत ब्याजदरमा प्रतिकित्ता १ हजार रुपैयाँका ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्नेछ। सोमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि बिक्री गर्नेछ भने बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ।

ऋणपत्रको अवधि १० वर्ष रहनेछ। बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री