बुधबार, ३२ असार २०८२

हाथवे इन्भेष्टमेन्टको आईपीओ बाँडफाँट

समयपोष्ट २०८० असोज २ गते १२:०७

Advertisement

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको आईपीओ बाँडफाँट भएको छ।

मंगलबा कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो ।

मागभन्दा बढी आवेदन परेले धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा प्रक्रियामार्फत आईपीओ बाँडफाँट गरिएको छ।

यस अनुसार १ लाख २१ हजार ३८७ आवेदकले २० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्। सोमध्ये १० आवेदकले थप एक कित्ता अर्थात कुल २१ कित्ताका दरले शेयर प्राप्त गरेका छन्।

Advertisement

कम्पनीले भदौ २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यका २४ लाख २७ हजार ७ सय ५० कित्ता आईपीओ निष्काशन गरेको थियो।

कम्पनीको आईपीओमा कुल १२ लाख ७० हजार ९९१ आवेदन परेको बिक्री प्रबन्धकले बताएको छ। सोमध्ये १२ लाख ६७ हजार ७०९ आवेदन स्वीकृत भएको छ भने ३ हजार २८२ आवेदन रद्द भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री