भृकुटीमण्डपमा आजबाट नाडा अटो शो सुरु, हेर्नुहोस् तस्विर
नाडा अटोमोबाइल्स् एसोसिएसन अफ नेपालको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा नाडा अटो शोको १५औं संस्करण आजबाट सुरु भएको छ।
अटो शोको अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्घाटन गरेका छन्।
नाडा अटो शो भदौ ३१ गतेसम्म सञ्चालन हुनेछ।
नेपालकै सबैभन्दा ठूलो सवारी मेलाको शीर्ष प्रायोजक टाटा मोटर्स जेन्युन आयल हो।
सह-प्रायोजकमा शिखर इन्स्योरेन्स छ। प्रदर्शनीमा ठूला तथा साना गरी १२० वटा स्टल र ब्लक छन्।
प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकको अटो शोमा सहभागिता छ।
प्रदर्शनीमा १६ ब्राण्डका चार पाङ्ग्रे, २२ वटा ब्राण्डका दुई पाङ्ग्रे, ७ ब्राण्डका लाइट कमर्सियल भेहिकल, ९ वटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्टपुर्जा एवं अन्य उपकरण कम्पनी सहभागी छन्।
प्रतिक्रिया