शनिबार, १५ वैशाख २०८१

बरुण इन्भेष्टमेन्टले आईपिओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

समयपोष्ट २०७९ असोज ५ गते १५:४४

Advertisement

बरुण इन्भेष्टमेन्ट लि. ले सर्वसाधारण (कम्पनीका कर्मचारी र सामुहिक लगानी कोष समेत) लाई छुट्याएको १५ लाख कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्नको लागि ग्लोबल आइएमई क्यापिटल लि. लाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सो सम्बन्धमा काठमाण्डौंमा आयोजना गरिएको एक कार्यक्रममा उक्त कम्पनी र क्यापीटलबीच शेयर निष्कासन तथा बिक्री सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा बरुण इन्भेष्टमेन्ट लि.को तर्फबाट अध्यक्ष शिव प्रसाद घिमिरे र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गर्नुभएको छ ।

वि.सं. २०७७ सालमा पब्लिक कम्पनीको रुपमा स्थापना भई ललितपुर जिल्लाको भनिमण्डल–४ मा रजिष्टर्ड कार्यालय रहेको यस बरुण इन्भेष्टमेन्ट कम्पनीको अधिकृत पुँजी ६० करोड रुपैयाँ र जारी पुँजी ६० करोड रुपैयाँ रहेको छ । संस्थापक समुहको ७७ प्रतिशत शेयर रहेको यस कम्पनीमा १७ जना संस्थापक शेयरधनीहरुबाट ४० करोड बराबरको शेयरपुँजी चुक्ता भैसकेको छ ।

कम्पनी रजिष्ट्रारको कार्यालयमा विधिवत रुपमा दर्ता भै विशेष गरी उर्जा क्षेत्रमा लगानी गर्ने कम्पनीमा पर्दछ । यस कम्पनीमा एस.जि गु्रप मुख्य लगानीकर्ताको रुपमा रहेको छ । बरुण इन्भेष्टमेन्ट लि ले बझाङ्ग स्थित कलंगा हाईड्रो लि (१५.३३ मेगावाट) , सानीगाड हाईड्रो लि (३८.४७ मेगावाट) र बुङगल हाईड्रो लि (१०.७० मेगावाट) गरी ३ हाईड्रो कम्पनीमा कुल ६४.४९ मेगावाट मा मुख्य लगानी कर्ताको रुपमा रहेको छ । हालै पनि बरुण इन्भेष्टमेन्ट ले संखुवा खोलामा हाईड्रो प्रवद्धन गर्ने तयारीमा रहेको , गुराँस हाईड्रो प्रा.लि (४१.०६ मेगावाट) मा पनि लगानी प्रतिबध्ता जनाएको छ । बरुण इन्भेष्टमेन्ट तथा ग्लोबल आइएमई क्यापिटल ले यसै श्रावण भित्रमा आईपिओ ल्याउने गरी तयारी थालेको छ । बरुण इन्भेष्टमेन्ट ले भविष्यमा अरु पनि थप हाईड्रो पावर, होटेल , कृषि लगाएतका क्षेत्रमा पनि लगानी गर्ने तयारी रहेको कम्पनीका संस्थापक अध्यक्ष श्री शिव प्रसाद घिमिरे बताउछन् । घिमिरे एस.जि गु्रपका अध्यक्ष समेत हुन ।

बरुण इन्भेष्टमेन्ट मा मुख्य लगानिकर्ताका रुपमा रहेको एस.जि गु्रपको एल.पि.जि ग्यास बोटलिङ्ग , पेट्रोलियम पदार्थ वितरण, अटोमोबिल, चिया, निमार्र्ण, बैकिङ्ग लगाएत विभिन्न क्षेत्रमा लगानि रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री