आइतबार, ४ साउन २०८२

एक एक पाईला ठोकर्पा आधारभूत अस्पताललाई नेशनल लाईफको आर्थिक सहयोग

समयपोष्ट २०७९ भदौ २६ गते १९:५५

एक एक पाईला ठोकर्पा आधारभूत अस्पताललाई नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले आर्थिक सहयोग गरेको छ ।

आइतबार सुनकोशी गाउँपालिका र एक एक पाईला फाउण्डेसनद्धारा आयोजित सम्मान तथा अभिनन्दन कार्यक्रममा उक्त भेगमा बसोवास गर्ने जनताले सर्व सुलभ स्वाश्थ्य सेवा प्राप्त गर्न सकोस भन्ने उदेश्यले इन्स्योरेन्सले सो परियोजना कार्यान्वयनका लागि रु २० लाख आर्थिक सहयोग उपलव्ध गराएको हो ।

उक्त परियोजनाबाट ठूलो संख्यामा सो क्षेत्र र आसपासका सर्व साधारणहरु लाभान्वित हुने अपेक्षा गरिएको छ । सो समारोहमा अस्पताल व्यवस्थापनबाट आर्थिक सहयोग प्रदान गरे वापत कम्पनीका उप कार्यकारी प्रमुख प्रताप मान श्रेष्ठलाई विशेष सम्मान गरिएको थियो ।

सुनकोशी गाउँपालिका वडा नं. १ का वडा अध्यक्षकुमार शाहीको मूख्य आतिथ्य तथा एक एक पाइला फाउण्डेसनका अध्यक्ष डा. सुमन शम्सेर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा करिब १५० जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री