मंगलबार, २५ वैशाख २०८१

चार वर्षमा ठूलो फड्को मारेका छौं

समयपोष्ट २०७९ भदौ २२ गते ९:३५

Advertisement

कामना सेवा विकास बैङ्कको पछिल्लो वित्तीय अवस्था कस्तो छ ?

हामीले व्यवसायमा चार वर्षमा ठूलो फड्को मारेका छौं । लगभग १२ अर्बको लेण्डिङ पोर्टफोलियो अहिले ४५ अर्बको हाराहारीमा छ । १५ अर्ब हाराहारीको निक्षेप ५० अर्बको हाराहारीमा पुगेको छ । खुद नाफामा पनि क्रमिक सुधार आइरहेको छ । गत वर्ष ५८ करोड रुपैयाँको खुद नाफा रहेकोमा अहिले ६३ अर्ब रुपैयाँ रहेको छ । वितरणयोग्य मुनाफामा भने हाम्रा केही प्रोभिजनहरु र केही रकमहरु उठ्ने क्रममा छन् । त्यसमा चाँडै नै सुधार आउने अपेक्षा गरेका छौँ । चार–पाँच वर्षअघिको वाणिज्य बैङ्कको हाराहारी व्यवसाय प्राप्त गर्न हामी सफल भएका छौं । हामी २०८० सम्म भनेर लक्ष्य निर्धाण गरेर अघि बढेका थियौं, जसको नजिक हामी छौं ।

छोटो समयमा यो सबै कसरी सम्भव भयो ?

बैङ्क–वित्तीय संस्था भनेको विश्वास र भरोसाको व्यवसाय हो । ग्राहकहरुलाई विश्वास दिलाउन सकियो भनेमात्र व्यवसाय अघि बढ्छ । त्यसका लागि ग्राहकहरुलाई उच्चतम सेवा दिएर सन्तुष्टि जुटाउनु सबैभन्दा मुख्य कुरा हो । त्यसका लागि हामीले सम्पूर्ण ग्राहकवर्गलाई केन्द्रविन्दुमा राखेर निर्णय गर्ने प्रणालीको सुरुवात गर्‍यौं । ग्राहकहरुकै सुझावअनुसार नवीनतम पद्धतिमा आधारित सेवा–सुविधाहरु लञ्च गर्‍यौं । कतिपय सेवा–सुविधाहरु हामीले यो उद्योगमै प्रथमपटक लिएर आएका पनि छौं । कोरोना महामारीको समयमा घरमै बसेर सेवा–सुविधाहरु प्राप्त गर्न सक्ने प्रावधानहरु पनि मिलायौं । हामीले पूर्वाधारहरुमा आन्तरिक र बाह्य दुवै रुपमै ठूलो परिवर्तन ल्यायौँ । आन्तरिकरुपमा पेपरलेस तरिकाले कसरी काम गर्न सकिन्छ, देशभर छरिएर रहेका शाखा सञ्जालबाट आउने कामहरुलाई छिटो कसरी गर्न सकिन्छ ? भनेर काम गर्‍यौं । अहिले हामी धेरै नै पेपरलेस छौँ । अर्को, ग्राहकहरुलाई प्रविधिको प्रयोग गरेर हामीसम्म कसरी जोड्ने ? भन्ने कुरामा पनि काम गर्‍यौं। सुरक्षालाई मध्यनजर गरेर यी कामलाई अगाडि बढाउँदै लैजाँदा बैङ्कको ब्राण्ड, इमेज र गुडविलमा ठूलो परिवर्तन आयो । ग्राहकहरुले हाम्रा नवीनतम सेवाहरुलाई मनपराइदिनुभयो । हाम्रो दक्षता पनि बढ्दै गयो, जसले गर्दा हामी हाम्रो सफलताको कथा लेख्न सक्षम भयौँ ।

Advertisement

तपाईं डेभलपमेन्ट बैङ्कर्स एसोसिएसनको कोषाध्यक्ष पनि हुनुहुन्छ । अहिलेको मौद्रिक नीतिले विकास बैङ्कको समस्यालाई कत्तिको सम्बोधन गर्‍यो ?

एकदमै सन्तुलित मौद्रिक नीति आएको छ । अहिले केही विषयमा चाँडोभन्दा चाँडो सुधार गर्नुपर्ने भएकाले कठोर नीति लिनुपर्ने आवश्यकता थियो । अर्कोतिर, कोरोना महामारीको मारमा र तरलताको मारमा परेका व्यापार–व्यवसायीहरुलाई सक्दो सहयोग गर्नुपर्ने पनि थियो । यी सबै कुरालाई समेटेर मौद्रिक नीति आएको हुनाले हामीले धेरै नै सहज भएको अनुभूति गरेका छौं । अहिलेको समयमा विकास बैङ्क, वाणिज्य बैङ्कहरुले के पाए भन्दा पनि हाम्रो अर्थतन्त्रलाई सकारात्मक प्रभाव पार्ने गरी आएको मौद्रिक नीतिले विकास बैङ्कहरुलाई पनि स्वतः सकारात्मक प्रभाव पार्छ । त्यो मानेमा हामी खुसी छौँ ।

लगानीयोग्य रकमको अभावले कर्मसियल बैङ्कहरुलाई कर्जा विस्तारमा समस्या पारेको छ । यसले विकास बैङ्कलाई कत्तिको प्रभाव पारेको छ ?

हाम्रो जस्तो विकासशील राष्ट्रमा यो एउटा चुनौती नै हो । कोरोना महामारीको समयमा हाम्रा धेरै योजना, परियोजनाहरु थाती रहेको अवस्था थियो । एक्कासि एल.सी.को माध्यमबाट मेसिनरी, इक्युपमेण्टहरुको ठूलो माग आयो । हामीले त्यसलाई एकैचोटी भित्राउनुपर्ने अवस्था रह्यो ।

अहिलेको अवस्थामा हाम्रा ग्राहकका सानातिना आवश्यकतालाई हामीले परिपूर्ति गरिरहेका छौँ । ठूला परियोजनाहरुमा अहिले नै लगानी बढाइहाल्ने अवस्थामा छैनौँ ।

गत वर्षदेखि नै तरलताको प्रेसर कायम थियो । रेमिट्यान्स आशातीत रुपमा वृद्धि भएन भने सरकारी खर्च समयमा नहुँदा त्यो चाप अझ वृद्धि भएको अवस्था हो । यो चाप अहिले पनि परिरहेको छ । दशैंको पन्ध्र दिन अगाडिदेखि केही सहजता आउँछ कि भन्ने हाम्रो अपेक्षा छ । राज्यको सोचअनुरुप चुनाव निर्धारित मितिमा हुने भयो भने त्यसबाट पनि केही पैसा आउला । अबको केही महिनामा केही राहत हुन्छ कि जस्तो लागेको छ । अहिलेको अवस्थामा हाम्रा ग्राहकका सानातिना आवश्यकतालाई हामीले परिपूर्ति गरिरहेका छौँ । ठूला परियोजनाहरुमा अहिले नै लगानी बढाइहाल्ने अवस्थामा छैनौँ ।

तरलता अभावकै बीचमा गत आर्थिक वर्षको रिजल्ट राम्रो आयो । यो चालु आ.व. कस्तो रहला ?

गत वर्ष समयानुसार धेरै कर्जा वृद्धि गर्ने अवस्था भएन । त्यसको असर कष्ट अफ फण्ड बढ्दै जाँदा बेस रेट वृद्धि हुँदै गयो । स्प्रेड बैङ्कहरुको न्यूनतम विन्दुमा पुगेको थियो । त्यो स्प्रेड पनि राष्ट्र बैङ्कले तोकिदिएको सिलिङसम्म आउने अवस्था देखियो । त्यसले गर्दा नाफामा सुधार देखिएको हो । अब स्प्रेडमा आउने सुधार लगभग सक्किसकेको छ । यो वर्ष पनि हामीले १२–१५ प्रतिशतको ग्रोथ गर्न सकेनौं भने स्थिरता आउने अवस्था मैले देखेको छु ।

व्याजदर पनि भद्र सहमतिमा निर्धारण भएको छ । यो सहमति अब कतिञ्जेल जाला ?

हामीले अर्थतन्त्रका दुवै भागहरुलाई विचार गर्नुपर्छ । छरिएर रहेका निक्षेपहरुलाई बैङ्कतर्फ आकर्षित पनि गर्नुप¥यो । अर्को, जोखिम लिएर एउटा व्यापारिक योजना–परियोजना बनाएर त्यसमा लगानी गर्नेको मनोबल नै गिर्ने गरी कर्जामा रेट सेट गरेर पनि भएन । दुवैको सन्तुलन मिलाउनुपर्छ । विगतको इतिहास हेर्ने हो भने १२ प्रतिशतको हाराहारीमा आएर निक्षेपका दरहरु स्थिर भएको हामीले देखेका छौं । यो माग र आपूर्तिको खेल पनि हो । राष्ट्र बैङ्कको पनि वृद्धि हुन्छ भन्ने आँकलन अनुरुप व्याजदर बढेर १२ प्रतिशतको सिलिङमा आइसकेको अवस्था हो । धेरै निक्षेप दरहरु बढ्दा ऋणीहरुमा अनावश्यक भार पर्ने र ऋण लिएर कुनै पनि परियोजनाको काम अगाडि बढाउन नसक्ने हुन्छ । त्यो देशका लागि सही होइन । त्यसकारण एकदमै संयमित भएर चल्नुपर्छ जस्तो लाग्छ । निक्षेप र कर्जाको दर भनेको मुख्यतः माग र आपूर्तिमै हुने हुँदा बैङ्क त एउटा भाग मात्र न हो । बैङ्करले चाहँदैमा र नचाहँदैमा हुने कुरा होइन । राष्ट्र बैङ्कको नीति–नियमभित्र रहेर कसरी कार्य गर्ने भन्ने कुरामै हामीले जोड दिने गर्दछौँ ।

राष्ट्रियस्तरका विकास बैङ्कहरु पनि एकापसमा सहकार्य गरेर कसरी अब्बल हुने ? वाणिज्य बैङ्कहरु जुन हिजोका छन्, त्यही साइजमा पुगेका यी संस्थाहरु कर्पोरेट सुशासनअन्तर्गत कसरी बस्ने ? यी सबै कुराहरुमा ठूलो फड्को मारिसकेको अवस्था छ । त्यसकारण अहिले नै विकास बैङ्कहरुको मर्जरका लागि दबावको अवस्था छैन ।

वाणिज्य बैङ्कहरु बिग मर्जरमा गइरहेका छन् । अब विकास बैङ्कहरुले कसरी पुँजी वृद्धि गर्दैछन् ?

पोहोरसम्म विकास बैङ्कसँग वाणिज्य बैङ्कहरु मर्ज गर्न फलोअप गरिरहेको अवस्था थियो । विकास बैङ्कहरु ९० प्लसको सङ्ख्याबाट १६–१७ को हाराहारीमा आएका छन् । हामीलाई राज्यको निकाय, राष्ट्र बैङ्कलगायतको अनौपचारिक जानकारी हुँदा पनि अब विकास बैङ्कहरुको सङ्ख्या स्थिर भयो । स्थानीय निकायमा बसेर बैङ्किङ गर्न सिकाउन, वित्तीय साक्षरता दिने विकास बैङ्कहरुको पनि आवश्यकता छ है । अब यति विकास बैङ्क चाहिन्छ, यो भन्दा घट्यो भने नयाँ लाइसेन्स नै खोल्नुपर्ने हो कि भन्नेजस्ता भावहरु बुझिन्छ । अहिले विकास बैङ्कहरुको मर्जरमा प्रोत्साहनहरु केही पनि छैन । राष्ट्रियस्तरका विकास बैङ्कहरु पनि एकापसमा सहकार्य गरेर कसरी अब्बल हुने ? वाणिज्य बैङ्कहरु जुन हिजोका छन्, त्यही साइजमा पुगेका यी संस्थाहरु कर्पोरेट सुशासनअन्तर्गत कसरी बस्ने ? यी सबै कुराहरुमा ठूलो फड्को मारिसकेको अवस्था छ । त्यसकारण अहिले नै विकास बैङ्कहरुको मर्जरका लागि दबावको अवस्था छैन । आफैंले आफैंलाई आँकलन गरेर कुनै व्यावसायिक इन्टरेष्ट मिट हुने, सेयर होल्डरको भ्यालु बढ्ने प्रस्तावहरु आयो भने मात्र त्यसमा छलफल होला ।

हामी सदाझैँ प्रोसेस रि–इञ्जिनियरिङमा विश्वास गर्छौं । बिजनेश प्रोसेसलाई कसरी छोटो बनाउने, कसरी सहज र सुलभ बनाउने ? भन्नेमा निरन्तर लागिरहने छौँ । बैङ्कको साख, ब्राण्ड इमेज र गुडविललाई बढावा दिन कुनै पनि कसर छोड्दैनौँ ।

कामना विकास बैङ्कका आगामी योजना के छन् ?

२०८० सम्म हाम्रो लक्ष्य निर्धारित छ । हामीले ग्राहकहरुको खुसी, सेवा, सुविधालाई सबैभन्दा माथि राखेर के गर्दा ग्राहक खुसी हुन्छन् ? हाम्रा प्रक्रियाका झण्झटहरु कसरी घटाउन सकिन्छ ? कसरी नवीनतम प्रडक्टहरु दिन सकिन्छ ? भन्ने एकसूत्रीय अभियानमा लागेका छौँ । नेपाल राष्ट्र बैङ्कलगायत देशको नियम–कानुनभित्र रहेर गर्न मिल्ने कुराहरुलाई मात्र लिएर अगाडि बढ्ने हो । त्यसका लागि हाम्रा कर्मचारीहरु पनि खुसी हुनुपर्छ । उहाँहरुलाई कसरी खुसी बनाउने भन्नेमा छौं । हामी सदाझैँ प्रोसेस रि–इञ्जिनियरिङमा विश्वास गर्छौं । बिजनेश प्रोसेसलाई कसरी छोटो बनाउने, कसरी सहज र सुलभ बनाउने ? भन्नेमा निरन्तर लागिरहने छौँ । बैङ्कको साख, ब्राण्ड इमेज र गुडविललाई बढावा दिन कुनै पनि कसर छोड्दैनौँ । केही समय यही नीति लिएर अघि बढिरहन्छौँ । समयबोध म्यागेजिनको भदौ अंकबाट ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री