शनिबार, २२ वैशाख २०८१

हाइग्राउण्ड एडभेन्चर्स नेपालमा प्रभु बैंकका ग्राहकलाई विशेष छुट

समयपोष्ट २०७९ भदौ २० गते १५:३०


प्रभु बैंक लिमिटेड र पोखरा स्थित हाइग्राउण्ड एडभेन्चर्स नेपाल प्रा. लि. बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

Advertisement

बैंकका तर्फबाट प्रमुख मार्केटिङ अधिकारी मञ्जय राज पाण्डे र हाइग्राउण्ड एडभेन्चर्स नेपाल प्रा. लि.का तर्फबाट प्रमुख सञ्चालन अधिकारी दिनेश मर्हजन महर्जनले उक्त छुट सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका छन् ।

यससंगै प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकले हाइग्राउण्ड एडभेन्चर्स नेपाल प्रा. लि.द्धारा सञ्चालित सम्पूर्ण सेवा जस्तै (जिपलाइनीङ, बन्जि जम्पिङ, माउण्टेन बाइकिङ, क्वाड बाइकिङ) इत्यादि सेवामा १० प्रतिशत छुट प्राप्त गर्ने छन् ।

सम्झौता अन्तर्गत हाइग्राउण्ड एडभेन्चर्स नेपाल प्रा. लि.मा सुविधा लिन चाहनुहुने प्रभु बैंकका ग्राहकवहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, चेक, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, हाइग्राउण्ड एडभेन्चर्स नेपाल प्रा. लि.का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री