शनिबार, २२ वैशाख २०८१

कामना सेवा विकास बैंक र हिमाल डेन्टल अस्पतालबीच मर्चेन्ट सम्झौता

समयपोष्ट २०७९ भदौ १९ गते १९:००

Advertisement

कामना सेवा विकास बैंक र हिमाल डेन्टल अस्पताल बीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।

आइतबार कामना सेवा विकास बैंकका चिफ बिजनेस अफिसर (डिपोजिट एण्ड ट्रान्जेक्सन बैंकिङ्ग) हरि प्रसाद लम्साल र हिमाल डेन्टल अस्पतालका अध्यक्ष राजेन्द्र प्रसाद भट्टले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकका कर्मचारी तथा बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकले हिमाल डेन्टल अस्पतालका सम्पूर्ण शाखाले प्रदान गर्ने उत्कृष्ट सेवा सुविधाहरुमा २०% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री