सोमबार, ३० असार २०८२

मानवअंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा पुन: पुकारचन्द्र श्रेष्ठ

समयपोष्ट २०७८ असोज ६ गते १७:०१

Advertisement

वरिष्ठ कलेजो तथा मिर्गाैला प्रत्यारोपण विशेषज्ञ डा.पुकारचन्द्र श्रेष्ठ मानवअंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त भएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

श्रेष्ठले यसअघि दुई कार्यकाल केन्द्रको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिसकेका छन् ।

को हुन् डा.श्रेष्ठ ?

Advertisement

डा.पुकारचन्द्र श्रेष्ठले नेपालमा ८०० भन्दा बढी मिर्गाैला ९९% सफलताका साथ प्रत्यारोपण गरिसकेका छन् । डा. श्रेष्ठकै पहलमा भक्तपुरमा राष्ट्रिय प्रत्यारोपण केन्द्रको स्थापना भएको थियो । केन्द्रमा मात्र उनले २ सय मिर्गाैला प्रत्यारोपण गरिसकेका छन् । नेपालमा पहिलोपटक कलेजो प्रत्यारोपण गर्ने डाक्टर पनि उनै हुन् । डा.श्रेष्ठले नै भक्तपुरमै मुटुको सम्पूर्ण उपचार गर्ने प्रबन्ध मिलाएका हुन् ।

डा.श्रेष्ठले नेपालमै पहिलो पटक मष्तिष्क मृत्यु भएकाको अंगबाट मुटु र कलेजो सफलतापूर्वक प्रत्यारोपण गरिसकेका छन् । डा.श्रेष्ठकै पहलमा सरकारी संस्थामा दैनिक १ सय २० जनाको डायलायसिस गर्ने ब्यवस्था भएको हो । मुलुकभर डायलायसिस सेवा उपलब्ध गराउन उनको भुमिका महत्वपूर्ण छ । मिर्गाैला प्रत्यारोपण र डायलायसिस नि:शुल्क गराउन समेत उनको भुमिका महत्वपूर्ण रहेको छ ।

समग्रमा प्रत्यारोपणकै लागि अर्वौको रुपैयाँ विदेशीनबाट जोगाउन उनले महत्वपूर्ण भुमिका निभएका छन् । देशका विभिन्न अस्पतालहरुमा उनीबाटै प्रशिक्षित चिकित्सकहरुले प्रत्यारोपण सेवा सुरु समेत गरिसकेका छन् भने उनी आफै अन्तराष्ट्रिय स्तरमा तालिम प्राप्त डाक्टर हुन् । लामो समय बेलायतमा रही काम गरेका उनी स्वदेश मै सेवा गनुैपर्छ भन्ने उदेश्यले नेपाल फर्केका डाक्टर हुन् । उनले अंगदान र प्रत्यारोपणको क्षेत्रमा निरन्तर जनचेतना अभिवृद्धि गर्ने कार्य गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री