शुक्रबार, १४ वैशाख २०८१

सिटिजन्स बैंक र ओभरसिज रेमिटबीच सम्झौता

समयपोष्ट २०७३ असोज ६ गते ८:३१

 सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओभरसिज रेमिट प्रालीबीच विप्रेषण भुक्तानी गर्नका लागि सम्झौता भएको छ ।  बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामधन श्रेष्ठ र ओभरसिज रेमिटका तर्फवाट जापानी प्रतिनिधि निर्देशकद्वय भुषण घिमिरे र रोशन केसीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

Advertisement

नयाँ सम्झौता अनुसार जापानमा रहेका नेपालीले स्वदेशमा रहेका आफन्तहरूलाई ओभरसिज रेमिट प्राली मार्फत पठाएको रकम यस बैंकका सम्पूर्ण शाखाहरु तथा देशैभरि फैलिएर रहेका सहायक प्रतिनिधिहरुबाट छिटो, छरितो तथा भरपर्दो रुपमा भुक्तानी पाउन सक्नेछन् ।

यसअघि पनि बैंकले स्वदेशका विभिन्न विपे्रषण कम्पनीहरुसँग सहकार्य गरी आफ्नो सम्पूर्ण शाखाहरुबाट वेस्टर्न यूनियन, मनिग्राम, आइ.एम.ई, प्रभु मनी, हिमाल रेमिट, सिटी एक्सप्रेस, रिलायबल रेमिट, जे.एम.ई, नेपाल रेमिट, इजिलिङ्क, बेष्ट रेमिट, पृथ्वी एक्सप्रेस, सम्सारा, सेवा एक्सप्रेस, सिजी मनी, आइपे रिलायबल र बुम रेमिटबाट आएको विप्रेषण रकमको भुक्तानी गर्दै आइरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री