बिहीबार, २० वैशाख २०८१

३६ मेगावाटअपर बलेफी आयोजनाको ८५ प्रतिशत काम सम्पन्न, माघसम्म विद्युत् उत्पादन गर्ने लक्ष्य

समयपोष्ट २०७७ भदौ २७ गते १२:१३

Advertisement

सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा भइरहेको ३६ मेगावाटको अपर बलेफी जलविद्युत् आयोजनाको सुरुङ खन्ने काम सम्पन्न भएको छ ।

शिवश्री हाइड्रो पावर कम्पनीद्वारा निर्माण भइरहेको आयोजनाको चार हजार ५०० मिटर सुरुङ निर्माणको काम सम्पन्न भएको आयोजनाले जनाएको छ ।

सो गाउँपालिका–३ स्थित पाङरपु र लिदी नजीक निर्माण गरिएको बाँधको काम ८५ प्रतिशत सम्पन्न भएको छ । यस्तै वडा नं २ को बैकुण्ठेमा निर्माण गरिएको विद्युत् गृहको कामसमेत सम्पन्न भएको छ । विभिन्न प्राकृतिक विपद् र कोभिड–१९ को महामारीका कारण निर्धारित समयभन्दा केही पछि धकेलिएको आयोजनाबाट आगामी माघसम्म विद्युत् उत्पादन गरिने आयोजनाका कार्यकारी अध्यक्ष उमेश कसजुले जानकारी दिनुभयो ।

लकडाउनका कारण मेसिनरी सामान राजधानी भित्रीसके पनि आयोजना स्थलमा पु¥याउन नसकिएको कम्पनीले जनाएको छ । बाइस किलोमिटर प्रसारण लाइनको ६० टावरमध्ये ५० टावरको फाउन्डेसन तयार भइसकेको छ । शुरुमा रु छ अर्बमा निर्माण भएको आयोजनाको लागत बढेर हाल रु सात अर्ब पुगेको जनाइएको छ ।रासस

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री