शनिबार, १५ वैशाख २०८१

दशैतिहारमा गाडी किन्दा उपहार अनि छुट  

समयपोष्ट २०७३ भदौ २९ गते ८:२४


बर्षभरी विक्री हुने सवारी साधन मध्ये ४५ प्रतिशत बुकिङ दशै तिहारमा हुने गर्दछ । त्यसैले विक्रीको हिसावले दशैनै वितरकहरुको लागि सुनौलो अवसर पनि हो । दशै तिहारमा कम्पनीहरुले ग्राहकहरुको लागि विशेष छुट तथा सुविधाको घोषणा गरिरहेका हुन्छन् र नगद छुटको योजनालाई प्राथमिकतामा राखेका हुन्छन् । त्यसैले दशैंतिहार नयाँ गाडी किन्नेहरुको लागि उचित अवसरको सिजन पनि हो । अहिले सवारी हेर्ने, छान्ने र बुकिङ गर्ने क्रम तीव्र छ ।

volkswagen-polo-f

Advertisement

विभिन्न सवारी साधनका आधिकारीक विक्रेताहरुले विभिन्न योजनाहरु ग्राहकका लागि सार्वजनिक गरेका छन् । भक्सागन गाडीको  लागि नेपालको आधिकारिक विक्रेता पुजा इन्टरनेशनल नेपाल प्रालि हो । यस कम्पनीले दशै तिहारको अवसरमा आफ्ना ग्राहकहरुको लागि विशेष योजना अनुरुप भक्सवागनका कारहरुको खरीदमा  ६ लाख रुपैयाँसम्म छुटको  व्यवस्था गरेको छ । 
त्यस्तै गाडी खरिद गर्नेहरुलाई हात खाली नहुने योजना अनुरुप ३२ देखि ६२ इन्चसम्मको पानासोनिक टिभी जित्ने अवसर पाउने कम्पनीले जनाएको छ । बम्परमा योजनाअन्तर्गत  २ तोला सुनको ‘बिटल’ गाडी दिने अफर कम्पनीले ल्याएको छ ।

skoda-yeti-f
स्कोडाले पनि दशै तिहार अफर  घोषणा गरेको छ । स्कोडा र्यापिड गाडी खरिद गर्न चाहाने ग्राहकहरुले २० प्रतिशत डाउन पेमेन्ट गरेर मासिक २९ हजार ९सयमा गाडी लिने सक्ने छन् ।१ वर्षसम्मको सर्भिसिङ सुविधा, निःशुल्क एशोसरिज र एकवर्षको रोड ट्याक्स लगायतका सुविधा ल्याएको छ ।

nissan-suv-x-trail-2-f

निशानले ‘यसपालीको चार्डमा घरगाँउ निसान कारमा’ भने नाराको साथमा दशैंतिहार अफर सार्वजनिक गरेको छ ।
कम्पनीले विभिन्न कारहरुमा २ लाख ५० हजार रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म छुटको व्यवस्था गरेको छ । 
निशान गाडी किन्दा एशोसरिज फ्री पाइने छ  भने १ वर्षसम्मको गाडी बिमा निःशुल्क हुनेछ । गाडीको नामसारी खर्च र एक वर्षको रोड ट्याक्स पनि कम्पनीले बेहोर्ने छ ।नेपालमा निसान गाडीको प्रारम्भिक मूल्य २८ लाख ५० हजार रुपैयाँ देखि मंहगोमा १ करोड २० लाख रुपैयाँसम्मको छ ।दशैं तथा तिहारको अवसरमा किया गाडी किन्दा ग्राहकहरुले २५ हजार रुपैयाँदेखि ६ लाख रुपैयाँसम्म नगद छुट पाउने  छन् ।

kia-sportage-f नेपालमा कोरियन ब्रान्ड कियाका ७ विभिन्न गाडी उपलब्ध रहेको छ । कम्पनीले उपलब्ध गराउने गाडीको प्रारम्भिक मूल्य ४१ लाख ४५ हजार रुपैयाँदेखि

 मंहगोमा १ करोड २५ लाख रुपैयाँसम्म रहेको छ ।                                                                                                                                

sangyong-f

दशै तथा तिहारमा स्याङयोङ कम्पनीको गाडी खरिदमा ग्राहकले भेरियन्टअनुसार न्युनतम १ लाख देखि ७ लाख रुपैयाँसम्म छुट दिने व्यवस्था गरेको छ । यही अवसरमा  गाडी खरीद तथा बुकिंङ गर्नेहहरुलाई एकवर्षसम्म ड्राइभरको स्वास्थ्य बिमा निःशुल्क, गाडी बिमा र रोड ट्याक्सको खर्च पनि एकवर्षको कम्पनीले बेहोर्ने  जनाएको छ । त्यस्तै सवारी धनीको ५ वर्षसम्मको स्वास्थ्य बिमा अफर सुविधा छ भने  गाडी बुकिङ गर्नेहरुमध्येबाट ५ जनालाई लक्की ड्रमार्फत सामासुङको नोट(सेभेन दिने व्यवस्था गरेको छ ।   त्यस्तै अफर अवधिभर गाडीहरुमा २ वर्षको सर्भिसिङको पनि व्यवस्था छ । स्याङयोङ कोरियन ब्रान्ड गाडी नेपालको लागि आधिकारिक बिक्रेता आइएमएस ग्रुप हो । 

fiat-punto-pure-at-2016-auto-expo-f

 

फियाट कम्पनीले पनि दशै  तिहारको लागि विभिन्न अफर योजना ल्याएको छ । कम्पनीले पुन्टो प्युअर कारमा ४ वर्षको बाइ ब्याक ग्यारेन्टि स्कीम ल्याएको छ।योजना अन्र्तगत ३ वर्षसम्मको सर्भिसिङ सुविधा, निःशुल्क एशोसरिज र एकवर्षको रोड ट्याक्स लगायतका सुविधा ग्राहकलाई दिने भएको छ । यस्तै एभुञ्चुरा गाडीमा भने २० प्रतिशत डाउन पेमेन्ट गरेपछि २५ हजार ९ सय ९९ रुपैयाँमा गाडी खरिद गर्न पाउने योजना पनि सार्वजनिक गरेको छ ।

honda-brv-unveiled-at-auto-expo-f

 

त्यस्तै होण्डा कम्पनीले पनि दशै तथा तिहारलाई छुटको घोषणा गरेको छ । होडा गाडी खरीद गर्ने ग्राहकले १ लाख रुपैयाँदेखि ३ लाख रुपैयाँसम्म छुट पाउने छन् ।होण्डाका गाडीमा एकवर्षको बीमा निःशुल्क दिइएको छ भने रोड ट्याक्स र नामसारी पनि निःशुल्क गरिनेछ । गाडीसँगै फ्री एशोसरिज पनि दिइने कम्पनी जनाएको छ । 

ford-figo-a-f

 

त्यस्तै फोर्ड गाडी खरीदमा ग्राहकहरुले न्युनतम् १० हजारदेखि अधिकतम ८ लाख रुपैयाँसम्म छुट पाउनेछन् । 
 दशै तिहार योजना अनुरुप गाडी बुकिङ गर्नेहरुको लागि हात खाली नजाने गरी पुरस्कार पनि राखिएको छ । स्क्रयाच कार्डमार्फत केटीएम(२०० बाइक र भेस्पा स्कुटर पुरस्कारका रुपमा राखिएको छ । यसमा सामसुङको ४२ इन्चको टेलिभिजन, क्यानोनको डी एसएलआर क्यामेरा र गियर घडी रहेको छ। फोर्ड गाडी नेपालको लागि आधिकारिक विक्रेता गो अटोमोबायल्स प्रालि हो ।

 reanult-duster-f

 

 सुजुकी गाडीको लागि नेपालको आधिकारिक बिक्रेता सिजी मोटोकर्पले पनि  विभिन्न आकर्षक अफर योजना ल्याएको छ ।मारुती सुजुकीको गाडी खरिदमा नगद १ लाखदेखि २ लाखसम्मको छुटको व्यवस्था गरिएको छ । सबै गाडीमा १ वर्षको सवारी बिमा निःशुल्क छ भने गाडी किन्दा फूल ट्यांक फ्युल पनि दिइनेछ ।त्यस्तै १ वर्षसम्मको फ्री सर्भिसिङ सुविधा पनि दिएको छ । १ वर्षको रोड ट्याक्सहित नामसारी लगायतका खर्च पनि निःशुल्क गर्ने व्यवस्था गरिएको छ भने  स्क्र्याच कार्डमार्फत १० हजारदेखि १ लाख रुपैयाँसम्म नगद छुट दिने योजना पनि कम्पनीको रहेको छ । 

datsun-redi-go-1-f

 

 

 
दशै योजना अन्र्तगत पायोनियर मोटोकर्प रेनल्ट गाडी किन्दा भेरियन्टअनुसार १ लाख २५ हजार रुपैयाँसम्म नगद छुटको योजना ल्याएको छ । रेनल्ट डस्टर कार फुल अप्सनसहितको गाडी किन्ने प्रत्येक जोडीलाई सिंगापुर टि«पको अफर गरिएको एन्डभान्स अटोमोबाइल्सले जनाएको छ । साथै १० हजार रपैयाँसम्मको एशोसरियज सुविधा समेत दिएको छ । नेपालका लागि रेनल्ट गाडीको आधिकारिक विक्रेता एन्डभान्स अटोमोबाइल्स प्रालि हो ।
डाटसन कम्पनीको गाडी खरिद गर्दा ग्राहकले दशैं अफरका रुपमा १ लाख रपैयाँसम्म छुट, २५ हजार रुपैयाँ बराबरको एशेसरिज सुविधा पाउनेछन् । १ वर्षसम्मको सडक दस्तुर, नामसरी खर्च कम्पनीले बेर्होने छ भने ३ वर्षसम्मको ग्यारेन्टी र ३ वर्षसम्म सर्भिस सुविधामा निःशूल्क दिने कम्पनीले  बताएको छ । 

 कम्पनीको डाटसनको रेडी गो नेपाली कार बजारमा इन्ट्री लेभलको कार हो । डाटसन कम्पनीका १३ लाख ९९ हजार रुपैयाँ मुल्य पर्ने गाडी बजारमा उपलब्ध छन् । डाटसन कम्पनीको गाडी नेपालको लागि आधिकारिक विक्रेता पायोनियर मोटोकर्प हो ।

tuv-300-f

 

महिन्द्राले पनि दशैंमा आफ्ना ग्राहकलाई टीयुभी गाडीमा १ लाख ५० हजार रुपैयाँसम्म नगद छुट योजना ल्याएको छ ।
२५ हजार रुपैयाँ बराबरको फ्री एशोसरिज सुविधा र ४ पटकसम्मको सबै मर्मत खर्च कम्पनीले नै गर्ने गरी सर्भिसिङ अफर योजना सार्वजनिक गरेको छ । 
त्यस्तै केयुभी गाडीमा १ लाख २५ हजार रुपैयाँसम्म छुट अफर ल्याएको छ भने २५ हजार रुपैयाँ बराबरको फ्री एशेसरिज सुविधा र २६ हजार रुपैयाँ बराबरको ४ पटकसम्मको सबै खर्च कम्पनीले नै गर्ने गरी सर्भिसिङ अफर योजना ल्याएको छ ।नेपालमा २६ लाख ९५ हजार देखि ७० लाख ८५ हजार रुपैयाँ पर्ने महिन्द्राको गाडी उपलब्ध छन् ।

 

hyundai-creta-final-f

हुण्डाई गाडीको वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले गाडीको भेरियन्टअनुसार अधिकतम् ६ लाख रुपैयाँसम्म नगद छुटको व्यवस्था गरेको छ । यो अवसरमा बुकिङ हुने गाडीहरुमा एकवर्षको बिमा निःशुल्क गर्ने कम्पनीले जनाएको छ ।
यसैगरी १ वर्षसम्मको सवारी बिमा, सडक दस्तुर छुट योजना ल्याएको छ । दशैं तिहारको योजना अन्तरगत लक्की ड्रमार्फत १ सय जनालाई एक तोला  सुन जित्ने अवसर मिल्ने छ । बम्पर योजना अन्तर्गत दुई जनालाई इलाइट(आइ ट्वेन्टी र क्रेटा दिने व्यवस्था पनि गरेको छ । हुण्डाई कम्पनीको गाडी नेपाललको लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि हो ।

tata-zica-f

 

टाटाले पनि दशैं तिहारलाई लक्षित गरेर विभिन्न छुट तथा सुविधा योजना ल्याएको छ । कम्पनीले बोल्ट गाडी खरिद गर्दा ५० हजार छुट दिने छ । प्रत्येकलाई २ लाख ६० हजार रुपैयाँ पर्ने यमाहा एफजेटएफ मोटरसाइकल र ४।९९ प्रतिशतको व्याजदरमा अटो लोनको पनि व्यवस्था छ ।
त्यस्तै जेष्ट खरिदमा पनि प्रत्येकलाई २ लाख ६० हजार रुपैयाँ पर्ने यामाहा एफजेटएफ मोटरसाइकल र ४।९९ प्रतिशतको व्याजदरमा अटो लोनको ब्यवस्था गरेको छ । 
यसैगरी टियागो गाडी खरिदमा १ लाख ७५ हजार रुपैयाँ पर्ने यमाहाको फासिना स्कुटर अफर योजना ल्याएको छ । साथै स्टानो मंहगो गाडी खरिदमा भने एक जोडीलाई युरोप टुर योजना समेत ल्याएको छ।
यस्तै फ्री एशोसरिजका साथमा ४ वर्षको वारेन्टी पनि कम्पनीले सुनिश्चित गरेको छ । टाटा मोटर्स गाडीको नेपालको लागि आधिकारिक विक्रेता सिप्रदी टे्रडिङ प्रालि हो ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री