बिहीबार, १३ वैशाख २०८१

काखीमुनी बस्ने कालो धब्बाबाट छुटकारा पाउने घरेलु उपाए

समयपोष्ट २०७३ भदौ २८ गते ७:१०

 
सेविंङ ,वाक्सिङ र पसिनाका कारण काखी मुनिको भागमा कालो धब्बा बन्ने गर्दछ र नराम्रो देखिन्छ । अण्डर आमको यो समस्या आम महिलाहरुको समस्या हो । अण्डर आमको यो समस्या केही घरेलु उपचारबाट पनि समाधान गर्न सकिन्छ । 

Advertisement

 

vitamin-c-f

 

१.हरेक दिन खानामा भिटामीन सि युक्त खानेकुराहरु जस्तै अम्बा,गोलभेडा,ब्रोकली,कीवी लिने गर्नुहोस । यसले छालाको दाग धब्बा र काखी मुनीको कालो भाग हटाउन मद्दत गर्दछ ।

 

f


२.एलोवेराको प्रयोग गर्नाले छालाको हाइपर पिगमेन्टेसन कम हुदै जान्छ र छाला सफा हुदै जान्छ । यसको शितलताले नयाँ कोशिकाहरुको निमार्ण हुने गर्दछ । एलोवेराको जेल अण्डर आममा लगाउनाले छाला नरम हुने र कालो भएको दाग सफा हुन्छ ।
३.एक चम्चा बेकिंङ सोडामा गुलाब जल मिसाएर पेस्ट बनाउने । त्यसपछि कालो भएको भागमा हल्का मसाज गर्ने र पाँच मिनेटसम्म राख्ने त्यसपछि  पछि हल्का मनतातो पानीले धुने । 

 

homemade-potato-chips-1-f


४.काचो आलुको टुक्रा अण्टर आममा दश देखि पन्ध्र मिनेटसम्म दलिरहने । त्यसपछि एक घण्टासम्म त्यसलाई सुक्न दिने । अनि मनतातो पानीले धुदा अण्डरआममा हुने कालो दागबाट छुट्कारा पाउन सकिन्छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री