शुक्रबार, १४ वैशाख २०८१

विद्यालयलाई अम्बेसिमेन्टको १ लाख ११ हजार सहयोग

समयपोष्ट २०७३ भदौ २३ गते ३:५२

अम्बे ग्रुपअन्तर्गतको अम्बे सिमेन्टले रामेछापको सदरमुकामस्थित विष्णु जन ज्योति सेकेन्डरी स्कुललाई १ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

Advertisement

ग्रुपका अध्यक्ष हरिप्रसाद न्यौपानेले उक्त रकम विद्यालयका प्रिन्सिपल रिपबहादुर कार्कीलाई हस्तान्तरण गरेका हुन् । कार्कीले सो रकम विपन्न तथा जेहेन्दार विद्यार्थीहरूको  छात्रवृत्तिका लागि उपयोग गरिने जानकारी दिए ।

सोही अवसरमा अम्बे ग्रुपका अध्यक्ष हरिप्रसाद न्यौपानेले कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत बालबालिकाको शिक्षाका लागि अम्बे ग्रुपको उत्कृष्ट उत्पादन अम्बे सिमेन्टको तर्फबाट उक्त रकम सहयोग गरेको र भविष्यमा पनि अन्य विद्यालयमा यस्तै सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री