बिहीबार, १३ वैशाख २०८१

राष्ट्रपतिद्वारा १९० जनालाई ‘क’ श्रेणीको नेपाल विद्याभूषण पदक प्रदान

समयपोष्ट २०७३ भदौ २३ गते ३:४२

राष्ट्रपति विद्यादेवी भण्डारीले ३७औँ राष्ट्रिय शिक्षा दिवसका अवसरमा उच्चशिक्षाका विभिन्न तहमा उपाधि र उत्कृष्टता हासिल गर्नेहरुलाई विभूषणबाट सुशोभित गरिन् । 

Advertisement

राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा नेपाल विद्याभूषण ‘क’, ‘ख’ र ‘ग’ तथा नेपाल छात्रा विद्यापदकबाट विभिन्न व्यक्ति तथा विद्यार्थीलाई विभूषित गरिएको हो ।

सो अवसरमा स्वदेश तथा विदेशका विश्वविद्यालयबाट विद्यावारिधि गर्ने १९० लाई ‘क’ श्रेणीको नेपाल विद्याभूषण पदक प्रदान गरिएको थियो । त्यस क्रममा नेपाल सरकारका मुख्य सचिव डा सोमलाल सुवेदी पनि छन् ।
यस्तै, विभिन्न विश्वविद्यालयबाट स्नातकोत्तर तहमा उत्कृष्ट हुने ८१ जनालाई ‘ख’ श्रेणीको नेपाल विद्याभूषण पदक प्रदान गरिएको थियो । स्नातक तहमा उत्कृष्ट हुने १५ जनालाई नेपाल विद्याभूषण पदक र २६ जनालाई नेपाल छात्रा विद्यापदक दिइएको थियो ।

समारोहमा राष्ट्रपति भण्डारीले स्वदेश र विदेशका प्राप्त सीप र ज्ञानलाई राष्ट्र विकासमा उपयोग गर्न उपाधि प्राप्त गर्नेहरुलाई आग्रह गरिन् ।
उनले शिक्षा प्रणालीमा सामयिक सुधार गर्दै शिक्षालाई सर्वसुलभ र जीवनोपयोगी बनाउन सबैको क्रियाशीलता आवश्यक भएको पनि उल्लेख गरिन् । ।

शिक्षामन्त्री धनीराम पौडेलले शिक्षा दिवसको नारा ‘समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षामा लगानी’लाई व्यवहारमा उतार्न सरकार लागिपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री