होण्डाले ल्यायो दशैं स्किम,१ लाख सम्मको नगद छुट
समयपोष्ट
२०७३ भदौ २२ गते ३:४४
होण्डा मोटरसाइकल तथा गाडीका नेपालका लागि आधिकारिक विक्रेता तथा नेपालकै एक अग्रणी कम्पनी स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले नयाँ दशैं तथा तिहार स्किम ल्याएको छ । होन्डाले Wheel of Fortune अफर ल्याएको हो।
यस स्किम अन्तर्गत होण्डाका ग्राहकहरुले विभिन्न नगद उपहार तथा सुविधाहरु जित्ने अवसर पाउने छन् । होण्डा मोटरसाइकल किन्दा स्त्र्याच कुपन मार्फत १ लाख सम्मको नगद छुट, ५ वर्षको लागि स्पेयर पार्टस्मा १० % छुट तथा ५,६०० बराबरको १६ थप फ्रि सर्भिस कुपन पाउन सकिनेछ ।
होण्डा बिग बाइक किन्दा आकर्षक नगद छुट् रहेको छ भने होण्डा कारको खरीदमा आकर्षक नगद छुट् १ वर्षको निःशुल्क सडक कर तथा १ वर्षको बिमा रहेको छ ।
भाग्यशाली ग्राहकहरुले ह्वील घुमाएर लाखौंको नगद पुरस्कार पाउन सक्ने कम्पनीले बताएको छ।
प्रतिक्रिया